स्वास्थ्यमन्त्रीको निर्देशन : ‘कोशी अस्पतालमा आउने विरामी अन्यन्त्र रिफर नहोस्’

 न्यूज विराट
स्वास्थ्यमन्त्रीको निर्देशन : ‘कोशी अस्पतालमा आउने विरामी अन्यन्त्र रिफर नहोस्’

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने विरामी अन्यन्त्र रिफर हुने सिस्टको अन्त्य हुनुपर्ने बताएका छन् । कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको बिहीबार शिलन्यास गर्दै स्वास्थ्य मन्त्री खापुङ्गले यस्तो निर्देशन दिएका हुन् ।

‘पूर्ण स्वामित्वको प्रदेश १ को सबैभन्दा ठूलो सरकारी हस्पिटल हो कोशी । यहाँ आउने विरामी प्रदेश १ र २ नम्बर प्रदेशका विरामीहरू पनि आउने गरेका छन् । यहाँ आउने विरामीको उपचार गरिनुपर्दछ । यहाँ उपचार हुने रोगको उपचार गर्ने क्रममा अन्त्य रिफर नहोस्,’ उनले भने, ‘यही उपचार हुने बातवरण बनाउनुपर्दछ । यहाँ आउने विरामी अन्त्य जानु नपरोस् । त्यसमा ध्यान दिनुपर्दछ ।’
स्वास्थ्य मन्त्री खापुङ्गले पूर्वाञ्चल विश्व विद्यालय र कोशीलाई मिलाएर मेडिकल कलेज खोल्ने विषयमा पनि छलफल भएको बताए । ‘यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधीसहित हामीले मेडिकल कलेजको लागि छलफल गरेका छौं,’ उनले भने, ‘निर्वाचित जनप्रतिनधीहरूले पनि चासो देखाउनुभएको छ ।’
सरकारी हस्पिटलले विरामीलाई गुणस्तरीय र छिटो क्षरितो सेवा प्रभाव गरिनुपर्ने उनले बताए । ‘सरकारी अस्पतालमा भित्र उपकरणहरु प्रयोग नगरेको कारणले विरामी बाहिर पढाउने गरेका आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘यसो आरोप आउनु दिनु हुदैन । सरकारी अस्पताल राम्रो र गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा चिनाउन सबै लाग्नुपर्नेछ ।’

कार्यक्रममा शहरी विकास मन्त्री मेटमणी चौधरीले कोशि अस्पतालको मेडिकल भवन निर्माणले नेपालको पुर्व क्षेत्रको लागी स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने बताए । स्वास्थ्य जस्तो महत्वपूर्ण भवन निर्माण समयमै गुणस्तरीय निर्माण गर्न मन्त्री चौधरीले निर्देशन दिए ।
कार्यक्रममा कोशी अस्पतलाका मेसु डा. लक्ष्मी नारयण यादवले आफु कार्यभाग समालेपछि कोशी अस्पताल सुधारमा लागि परेको बताए । ‘कोशी अस्पतालको आइसियू यसअघि १२ शैय्या मात्र संचालन रहेको थियो । अहिले भेन्टिलेटरसहित २४ शैय्यामा संचालन रहेको छ ।’ उनले प्रयोगशालामा थप जाँच पनि सुरु गरेको बताए । अस्पतालभित्र एभि फिस्टुला पनि सुरु भएको उनले बताए । चाँडै काशीमा आउने विरामीलाई सहजताको लागि ओपीडि एप बनाउने तयारी सुरु गरिएको उनले बताए । यो एप बनेपछि घरबाटै विरामीले ओपीडिको टिकट काटने बातवरण हुने उनले बताए । कोशी अस्पताल भित्र चार सय परिवारको लागि आवस गृहको पनि तयारी गरिएको उनले बताए ।

सम्बन्धित समाचार

भन्सार विभागमा इ–पेमेन्टबाट पहिलो महिनामै ७ अर्बभन्दा धेरैको कारोबार

नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४ करोड रुपैयाँबराबरको राजस्व डिजिटल माध्यमबाट संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था गत १ पुसदेखि कार्यान्वयन गरिएको थियो । यसरी भन्सार विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा...

उखु किसानको रकम भुक्तानी नगर्ने मिल संचालकलाई पक्राउ गर्न निर्देशन

काठमाडौं, ३० मंसिर-सरकारले उखु किसानको रकम भुक्तान नगर्ने चिनी मिल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । उखु किसानको समस्या समाधानका लागि गृहमन्त्रीको अध्यक्षतामा संघीय मामिला, कृषि र उद्योगमन्त्रीहरूसहितको बैठकले उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई...

बस टर्मिनलमा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको...

आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, १७ साउन-शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

जापान पढ्न जानेका लागि आध्याको निःशूल्क सेमिनार

विराटनगर । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रलिले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ । जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई...

कुवेतमा तीन जना नेपालीमा कोरोना संक्रमण

कुवेतमा थप तीनजना नेपालीलाई कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ ।कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका ८० नयाँ संक्रमित मध्ये तीनजना नेपाली हुन् । हालसम्म कुवेतमा १ हजार ९ सय ९५ जना कोरोना...

क्रियाशील सदस्यता विवाद विधिसम्मत समाधान गर्न कांग्रेसका नेताको जोड

काठमाडौँ, २६ कात्तिक-नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यतालगायत बाँकी रहेका विवाद यथाशिघ्र विधिसम्मत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी एवं सदस्यहरुको आज यहाँ भएको बैठकले पार्टीको आसन्न...

सकियो नेकपा सचिवालय बैठक, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडाैं, ८ वैशाख-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्