‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि
बुधबार, २८ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो ।
प्याब्सन विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरू गरिएको जानकारी गराएको छ । आठ दिनसम्म संचालन हुने प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० वटा सदस्य विद्यालयहरूका खेलाडी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए । उक्त टुनामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्षदेखि मुनिका उमेर समूहका खेलाडी विद्यार्थीहरूले भाग लिनेछन् ।
प्रतियोगिताको बिजेताले २ लाख ५० हजार मुल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । उपबिजेताले नगद १५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । फुटबल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने दृड संकल्प र विश्वासको साथ प्रतियोगिता गरिएको अध्यक्ष बुढाथाकीले बताए ।
‘फुटबलमा नयाँ आयमको लागि, प्याब्सनको सान र गौरवको लागि प्याब्सन विराट कप’ भन्ने नाराको साथ २०७६ सालदेखि प्याब्सन विराट कप गर्दै आएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताए । ‘विद्यार्थीहरूलाई फुटबल खेलप्रति अभिरूची बढाएर राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले फुटबल प्रतियोगिता गर्दै आएको छ,’ उनले भने, ‘अहिले हुन लागेको फुटबल प्रतियोगिता यो दोस्रो संस्करणको हो ।’ यसरी प्याब्सनले प्रत्येक वर्ष फुटबल प्रतियोगिता गर्दै आएको उनले बताए ।
२०७७ र २०७८ सालमा विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडको कारणले प्याब्सनले फुटबल प्रतियोगिता गर्न सकेको थिएन् । अहिले सहज भएपछि फुटबल प्रतियोगिताको तयारी सुरू गरेको हो । यस पटक हुन लागेको फुटबल नकआउटको आधारमा खेल खेलाइने बताइएको छ । पत्रकार सम्मेलन प्याब्सन मोरङका प्रमुख सल्लहकार तथा पुर्व अध्यक्ष इन्द्र राई, मोरङ प्याब्सनका कोषाध्यक्ष बिष्णु डंगोल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायतको उपस्थीति रहेको थियो भने कार्यक्रम संचालन प्याब्सन विराटनगरका सचिब असोक लामाले गरेका थिए ।
काठमाडौं, २३ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आज पाटन अस्पतालमा २ जनाको मृत्यु भएको बताए । अस्पतालको आईसीयूमा उपचाररत...
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको...
काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...
गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा...
विराटनगर । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न मागसहित कारागार व्यवस्थापन विभागसहित तीन वटा निकाय विरुद्ध हालेको रिट ‘हेर्न नमिल्ने’ भनी माघ १२ गतेको लागि...
विराटनगर, चैत ९ –कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक शनिबारे लगाउने तयारी...
विराटनगर, १६ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि एकसाता थप गरेको छ । सोमबारबाट लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा २४...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलोक्सी भिड्ने भएका...