प्याब्सन मोरङको साधरण सभा सम्पन्न, शिक्षक र विद्यार्थीलाई सम्मान
शनिबार, २४ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १६ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी र १५ जना शिक्षकहरूलाई सम्मान गरिएको हो । एसइइको परीक्षामा ४ जिपिए ल्याउने उर्लाबारीस्थित पशुपति माविमा अध्ययरत छात्र आर्दस भट्टराई र छात्रातर्फ सोही विद्यालयका ३.९५ जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने छात्रतर्फ विराटनगरस्थित बिकेभिए स्कुलका आयम कट्टेल, आदित्य बर्मा, सुजन निरौला र छात्रातर्फ पथरीस्थित रेडस्टार माविका त्रियुगा आङ्छाङबो लिम्बुलाई सम्मान गरियो ।
यसैगरी शिक्षकहरूतर्फ लक्ष्मी राना मगर, रुकमणि दुलाल, अनन्तराम दाहाल, राम प्रसाद खनाल, योगेन्द्र बस्नेत, खेमराज प्रसाई, पेहिम राई, अलावति राजवंशी, गंगा चौलागाइ, बसन्त कुमार दास, दौपदि कुमार मण्डल र एडल्फलाई सम्मान गरिएको छ । सम्मानित भएका विद्यार्थी र शिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास र प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष बासुदेव न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतम, प्याब्सन केन्द्रीय सचिब हेमन्त कार्की, प्याब्सन प्रदेश १ का अध्यक्ष टिकाराम ढकाल, उपाध्यक्ष तथा प्याब्सन मोरङका प्रमुख सल्लाहकार अर्जुन बस्नेत, प्याब्सनका पुर्व केन्द्रीय सदस्यहरु रमेश कुमार मिश्र, लेखनाथ भट्टराई, प्याब्सन प्रदेश १ का कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका वरिष्ठ सल्लाहकार केशवलाल सिंह सुवाल, नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेलगायतको उपस्थिती रहेको थियो ।
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...
काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...
विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...
काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६...
विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान...
विराटनगर । विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा विराटनगरको तीन वटा स्कुल पुगेको छ ।विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिताको पाmइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल...
विराटनगर, चैत १९–सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ५१ लाख रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले तहअनुसारका कर्मचारीहरुको चैत महिनाको तलबबाट उक्त कोषमा ५१ लाख ७...
विराटनगर । छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका – ३ की २६ बर्सिया चन्द्रकला रायको उपचारको क्रममा मृत्यु भएको छ । निर्घात कुटपिट गरेको नौ दिनपछि उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा आइतबार दिउँसो...