राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग
बिहिबार, २२ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।
मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन विराटनगर र नाडा अटोमोवाईल्स एसोसिएशन नेपालले विराटनगरमा धर्ना दिएका छन् । अटोमोवाइल्स व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै उनीहरूले विराटनगरस्थित महेन्द्र चौकमा बिहीबार धर्ना दिएका हुन् ।
उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।
धर्ना कार्यक्रममा मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसन विराटनगरका अध्यक्ष संजय कुमार श्रेष्ठले सवारी आयात गर्न खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताए ।
गाडी आयात खुला गरेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको भन्दै उनले नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने र ८० प्रतिशत फाइनान्सिङ गर्न बनाउनुपर्ने माग रहेको बताए ।
सरकारले गाडी आयात गर्न दिने निर्णय भएपनि प्रतिबन्ध गर्नुभन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने नाडा अटोमोवाईल्स एसोसिएशन नेपालल प्रदेश १ का सचिब मनोज विक्रम शाहले बताए । सरकाले गाडीको आयात खुलेपनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने उनको गुनासो छ । सचिब शाहले ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने बताए । आयात खुल्ला भएपनि तत्काल गाडी ल्याउनसक्ने अवस्था नभएको बताए ।
नाडा अटोमोवाईल्स एसोसिएशन नेपालका उपाध्यक्ष सुवास आचार्यले शान्तिपूर्ण धर्ना तथा दबाव मुलुक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरुका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । उनले नाडाले अटो व्यवसायीहरुको हकहितको लागि चरणवद्ध आन्दोलन गरेको बताए । उनले सरकारको अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुमहरुमा हुनुपर्ने व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था आएको बताए ।
राष्ट्र बैंकले बनाएका नीतिहरु व्यवसायीहरुले गरिखान दिन खालको नभएको भन्दै उनले बजारमा तरलता अभाव, ब्याजदर वृद्धि जस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको गुनासो गरे ।
राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पु¥याएको छ । व्यवसायीले पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड–१९ तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्न पनि उनीहरुको माग छ । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने पनि माग अघि सारिएको छ ।
बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरवलोकन गर्नुपर्ने, बैकहरुबाट सवारी साधनको हायर प्रचेज लोन स्वीकृत भएपश्चात जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने माग पनि छ ।
गत बैंशाख १३ गतेदेखि सरकारले अन्य उपभोग्य वस्तुसँगै कार, जिप, भ्यान र १५० सिसी इन्जिन क्षमतामाथिको दुई पाङ्ग्रे सवारी साधनको आयातमा पूर्ण बन्देज लगाएको थियो ।
बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका...
काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...
काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...
विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर, १० भदौ–प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक...
काठमाडौं, २० असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...
काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...
काठमाडौं, फागुन २३–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार...