हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

 न्यूज विराट
हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ ।

हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको प्रि युनिभर्सिटी कक्षा बुधबार सकिएको हो ।

कक्षा सुरू हुनुभन्दा अगाडी विद्यार्थीहरूलाई पठ्यक्रममा भएका विषयहरूको बारेमा जानकारी गराउने उद्देश्यले प्रि युनिभर्सिटी कक्षा सुरू गरिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । ‘यस्तो तयारी कक्षा विद्यार्थीहरूको लागि लाभदाही हुनेछ,’ उनले भने, ‘यस्तो कक्षामा विद्यार्थीहरूलाई दक्ष प्राध्यापक र प्राविधिमा दखल राख्ने शिक्षकहरूबाट तयारी गराइन्छ ।’


बीआइएम र बीसीए कार्यक्रममा भर्ना भएका ६० जना विद्यार्थीहरू प्रि युनिभर्सिटी कक्षामा सामेल भएको कलेजले जनाएको छ । दुई हप्तासम्म प्रि युनिभर्सिटी कक्षामा सामेल भएकी भूमिका श्रेष्ठले यस्तो कक्षाले हामीलाई पठनपाठनमा धेरै सहयोग पुगेको बताइन् । ‘तयारी कक्षामा हामीले बेसिक कोर्षहरूको बारेमा जानकारी पाएका छौं,’ उनले भनिन् । बेसिक कोर्षहरूमा कसरी कम्प्युटर चलाउने देखि फोटोसपको बारेमा ज्ञान हासिल गरेको उनले सुनाइन् । ‘अहिले प्रविधिले निक्कै फड्को मारेको छ । कुनै पनि व्यवसाय संचालन गर्नुपर्दा प्रविधिको अतिआवश्यक भइसकेको छ । तेही भएर मैले बीआइएम अध्ययन गर्ने निचोटमा पुगेको हो,’ उनले सुनाइन्, ‘पछि बीआइएम सकेपछि व्यवसाय संचालन गर्ने योजना बनाएको छु । अहिले पढेको ज्ञान व्यवसायमा उतार्नेछु ।’

दुई हप्तासम्म संचालन भएको कक्षामा प्राडा मनोज कुमार राउत र हिमालय दर्शन कलेजका सिनियर विद्यार्थीहरूले सहजिकरण गरेका थिए भने विद्यार्थीहरूलाई मोटिभेसन कक्षा बसन्त अधिकारीले दिएका थिए ।

सम्बन्धित समाचार

मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

विराटनगर, १२ पुस-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आइतबार विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले आइतबार विहान...

अवहेलना मुद्दा : प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन् । बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री ओलीले अवहेलना मुद्दाको लिखित जवाफ बुझाएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित...

बालबाटिका स्कुल नेशनल एकेडेमीले किन्यो, छराहाङ्गले बेमानी गरेको नेशनल एकेडमीको आरोप

विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको बालबाटिका बोर्डिङ स्कुल विराटनगर १० मा रहेको नेशनल एकेडमीका संचालकहरुले किनेको छ । नयाँ शैक्षिक सत्रदेखि साविकको बालवाटिका स्कुल नेशनल एकेडमी नामकरण गरी कक्षा नर्सरीदेखि १२ कक्षासम्म संचालन...

विराटनगरमा शनिबारदेखि चौथो संस्करणको मारवाडी क्रिकेट लिग सुरु हुँदै

विराटनगर । विराटनगरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सुरु हुने भएको छ । यस वर्षको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता शनिबारदेखि संघीय राजधानी काठमाडौं, कोशी प्रदेशको राजधानी विराटनगर र भैरहवामा हुने भएको हो...

मिल्स क्रिकेट प्रतियोगिता : घरेलु टिम मिल्स र नरपथगन्ज क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै...

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्