श्रीमन्त भट्टराई विराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन् । कुनै समस्या पर्दा सिधै सम्पर्क गर्न सकिन्छ र उनी सहज रेस्पोन्स पनि गर्छन् ।’
यी गफहरु यतिबेला मोरङ क्षेत्र नं. ६ (१) का जनताले गर्दैछन्, जसले जीवन आचार्यलाई हँसिया हथौडामा भोट हालेर जिताए । माओवादीको पुगनपुग ४ हजार मत रहेको यस क्षेत्रबाट जीवनले १९ हजार ४ सय ५५ मत ल्याए । संगठन पनि अत्यन्तै कमजोर छ । आखिर कसको भोट आयो त ? अधिकांशको जवाफ आउँछ, ‘सर्वसाधारणको’ ।
थारु समुदायले सबैभन्दा धेरै माया गरे आचार्यलाई ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५ सय ७२ भोट ल्याइन् । त्यो भोट अधिकांश एमालेको भोट थियो । केही कांग्रेसको पनि । धेरै कांग्रेसीले हलोमा भोट हाले त्यस क्षेत्रमा । हँसिया हथौडामा उनीहरुको हात गएन । राष्ट्रिय समिकरण बिर्सिए । समिकरणमा भोट नहाल्दाको परिणाम पनि बिर्सिए । प्रतिगमनका घटनाहरुले अधिकांश कांग्रेसी मतदातालाई असर गरेन । त्यसो हुँदैन थियो भने राप्रपाका हिरा भट्टराईले ११ हजार ८ सय ९९ भोट ल्याउँदैन थिए । उनको न कुनै संगठन, न जनलहर, न त काम गरेको इतिहास ।
दोस्रो प्रयासमा माओवादी केन्द्रका युवा नेता जीवन आचार्य मोरङ ६(१) बाट विजयी भएका हुन् । २०७४ मा भने जीवन काग्रेसका चुमनारायण तब्बदारसँग झिनो मतअन्तरले पराजित भएका थिए । यसपटक आचार्यले जित्नुको एउटै कारण बन्यो उनको क्षेत्र र जनताप्रतिको प्रेम अनि जिम्मेवारी । अघिल्लो चुनावमा हारेर पनि १६ करोडको कार्यक्रम ल्याउनु, जनताको दुःख सुखमा साथ दिनु, जनताका समस्यामा सहजिकरण गर्नु चानचुने विषय होइन । किनभने, चुनाव जितेकाहरु त फर्किएर क्षेत्र जाँदैनन्, हारेको व्यक्तिले क्षेत्र नछोडि काम गर्नु उदाहरणीय विषय थियो ।
‘धेरैले राजनीति पेशाका लागि गर्छन्, तर जीवन आचार्यको राजनीति सेवाको लागि भयो । त्यसकारण पनि उनलाई जनताले विश्वास गरे ।’ स्थानीय सुनिता चौधरी भन्छिन्, ‘पेशाकै लागि त उनी अन्य विषयमै अब्बल छन् । उनको आफ्नै व्यवसाय छ । आईटीका विज्ञ हुन् । तर, जीवनले यस क्षेत्रको समृद्धिको सपना बोके र जिते ।’
मतदाताले पनि पार्टी, चुनाव चिन्ह भन्दा पनि व्यक्ति, क्षमता, सोच, योजना, विकास र समृद्धिलाई प्राथमिकतामा राखे । आचार्यले चुनाव जित्दा चितवन पछिको विकास मोरङ ६ मा हुने बुझे ।
३६ वर्षीय आचार्य प्रदेशसभामा विजयी भएपछि आफ्नो क्षेत्रमा पञ्च वर्षीय कार्ययोजना बनाएर काम गर्ने बताएका छन् । हरेक चुनावी कार्यक्रम र व्यक्तिगत भेटघाटमा आचार्यले आफ्नो क्षेत्रलाई देशकै नमुना बनाउने वाचा गरेका छन् । अघिल्ला नेतृत्वले सपना देखाएर काम गर्न नसकेको आरोप लगाउँदै आचार्यले भने, ‘प्रदेश १ मा थुप्रै काम गर्न बाँकी छन् । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विकासका कामहरुलाई समानान्तर लानु छ ।’ सुकुम्बासी, किसान, मजदुर लगायतका समस्याहरु राजनीतिक दलले उठाउनै नसकेको नेता आचार्यको बुझाई छ । ‘सडक बन्नुलाई मात्र विकास भनियो । विकास त्योभन्दा बाहिर छ ।’ आचार्यले भने, ‘बिभिन्न क्षेत्रमा तटबन्धनको समस्या छ । किसानहरुलाई मल छैन । उत्कृष्ट परामर्शदाता प्राविधिकहरु छैनन् । शैक्षिक गुणस्तरमा समस्या छ । सामुदायिक विद्यालयहरु कमजोर हुँदैछन् । यी समग्र क्षेत्रमा देशकै नमुना काम गरेर देखाउँछु ।’ स्वास्थ्यमा गुणस्तर, शुरक्षाको ग्यारेन्टि, रोजगार र उद्यमशीलताको विकासमा पनि आफू केन्द्रित भएर काम गर्ने आचार्यले बताए ।
स्थानीय बासिन्दा भएका कारण क्षेत्रका सबै समस्या जानकारी भएको नेता आचार्यले बताए । उनले भने, ‘मैले हिजो नजित्दा पनि जनताको सेवा गरेको छु, अब जितेपछि झनै धेरै गर्नेछु ।’ सत्ता समिकरणको छलफल हुँदैगर्दा आचार्य कार्यक्रम र योजनाका लागि छलफलमा व्यस्त छन् । केन्द्रमा अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर आफ्नो क्षेत्रका योजनाको खाका कोर्ने काम सुरु भइसकेको आचार्यले बताए । उनले भने, ‘जनताले ठूलो आशा राखेर सुम्पिएको जिम्मेवारी पुरा गर्न म हरहालत सकृय रहनेछु ।’
विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...
काठमाडौं, ५ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् । बिहीबार नेकपाकी नेतृ झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले सरकारले...
भक्तपुर, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही...
चितवन, २७ वैशाख-पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा गएराती प्रहरीले १ राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका-१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला...
विराटनर । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू भएको छ । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका...
विराटनगर । ‘सेलेब्रल पाल्सी डे’ को अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । क्लबले वितगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको सिपी डे केयर सेन्टरका बालबालिकाहरुको लागि दन्त परिक्षण...
विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै । त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय...