विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् ।
पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन गरी चेतवनी समेत दिएकी हुन् । गत शनिबार पशुपतिसथ्त गौशाला र धर्मशाला, डायलासिस सेन्टर र गाईगोठलाई पशुपति क्षेत्र विकास कोषले डोजर लगाएर भत्काउने प्रयास गरेको थियो । कानुनबमोजिम धर्मशाला, डायलासिस सेन्टर तथा गाईबाच्छा पालन गरी समाजसेवा गरिरहेको जनाउँदै धर्मशाला भत्काउने योजना तत्काल बन्द गर्न कोषलाई उनले आग्रह गरेकी छिन् ।
विकास कोषका पदाधिकारीहरूले शनिबार बिहान डोजरको सहायतामा गाईगोठ रहेको पर्खालका केही भाग भत्काएका छन्। अन्य भाग भत्काउन लाग्दा मारवाडी सेवा समितिका सदस्य तथा पदाधिकारीहरू एकजुट भई अवरोध गरेका थिए। त्यसपछि डोजरसहित पर्खाल भत्काउन आएका कोषका पदाधिकारीहरू अर्को दिन भत्काउने भन्दै त्यहाँबाट हिँडेका थिए।
शंकराचार्य हेमानन्त गिरीले कानुनको परिधिभित्र रही विशुद्ध समाज सेवा गर्दागर्दै पनि कोषका पदाधिकारीहरूले अनावश्यक दुःख दिने गरेको उनले बताइन् । मारवाडी सेवा समितिले गौशाला धर्मशालाभित्र तीनवटा संरचना बनाएका छन्। पहिलो संरचनामा धर्मशाला, दोस्रो संरचनामा डायलासिस सेन्टर र तेस्रो संरचनामा गाईगोठ बनाएका छन्। डायलासिस सेन्टरमा प्रत्येक दिन एक सय २० जना मिर्गौला रोगीको निःशुल्क डायलासिस गर्दै आएको सेवा समितिका पदाधिकारीले जनाएका छन्। मारवाडी सेवा समितिका सदस्यहरूको सहयोगमा १२ करोड रूपैयाँ लागतमा ३० बेड सुविधाको डायलासिस सेवा सुरु गरिएको थियो।
यसैगरी मारवाडीले सञ्चालन गरेको गाईगोठमा दुहुना गाई र बाच्छा गरी २ सय १७ वडा छन्। त्यहाँबाट उत्पादित दुध पशुपतिनाथको अभिषेकका लागि हरेक दिन २९ लिटर पठाउने गरिएको छ। मारवाडी सेवा समितिले हाल गौशाला धर्मशालाभित्र गौ सेवा, निःशुल्क शववाहन सेवा, शव राख्ने फ्रिज सेवा सञ्चालन गर्दै आएको छ। यसैगरी २०५७ देखि निःशुल्क कृत्रिम खुट्टा वितरण, हामियोप्याथिक पद्धतिबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा हरेक शनिबार ४ देखि ५ सय व्यक्तिलाई निःशुल्क भोजन गराउँदै आएको छ। यसैगरी धर्मशालामा एक सय रूपैयाँमा आबास व्यवस्था तथा १ सय २० रूपैयाँमा भोजन गराउँदै आएको छ।
कोभिड १९ को दोस्रो लहरमा मारवाडी सेवा समितिले धर्मशालाको पूरै भवनमा निःशुल्क खाना, अक्सिजन, औषधि, ल्याब परीक्षण तथा नर्ससहितको निःशुल्क आइसोलेसन सञ्चालन गरेको थियो। सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार २०२१ सालको नापी, मालपोतको स्रेस्ता, २०४४ सालको नापी फिल्डबुक, गुठी संस्थानको स्रेस्ता र पशुपति विकास कोषको मोही लागतमा जनिएबमोजिमको हालसम्मको बालीवापत मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषलाई आर्थिक वर्ष २०७९÷८० सम्मका लागि तिरो बुझाइसकेको छ।
२०६० सालमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको सहमतिमा मारवाडी सेवा समितिले हरेक वर्ष ५१ हजार रूपैयाँ कोषलाई बुझाउने सम्झौता गरिएको थियो। उक्त सहमतिअनुसार बुझाउनुपर्ने सबै तिरो बुझाइसकेको मारवाडीले जनाएको छ।
काभ्रेपलाञ्चोक, ११ वैशाख-सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएर हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने १ किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार ३ जनालाई बुधबार पक्राउ...
विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...
विराटनगर । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम भएर सुरक्षा प्रदान गर्न निर्देशन दिएका छन्।नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अनि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक...
कोभिड–१९ बाट संक्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं संघीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले आज एक विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइँ र १६ दिनको घर बसाइँपछि स्वास्थ्य...
झापा, ४ साउस-झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरूलाई नेपाल प्रवेश...
अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना...
विराटनगर, २३ भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । क्लबले विश्व साक्षरता दिवसको अवसरमा विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको...