
प्रदेश २ मा संक्रमितको संख्या साढे ७ हजार पुग्यो
जनकपुरधाम, २ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या साढे सात हजार पुगेको छ । त्यसमध्ये ३ हजार ६ सय ६३...
विराटनगर । मोरङको कटहरीमा सोमबार आयोजित रोजगार मेलामा नौ सय जना दक्ष जनशक्तिले रोजगारदाताहरुसँगको सम्पर्कमा पुगेका छन् ।
स्वदेशमै कामको खोजी गरिरहेका तथा वैदेशिक रोजगारबाट फर्किए युवाहरुलाई रोजगारदाताको सम्पर्कमा पु¥याउने उद्देशयले अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। १ र कटहरी गाउं पालिका, मोरंगको आयोजनामा एकदिने रोजगार मेला आयोजना भएको हो ।
मेलामा रोजगारी खोजिरहेका र दक्ष कामदार खोजी गरिरहेकाहरुबीच सम्पर्क भई सम्वादसमेत भएको थियो । रोजगारदाताले आफ्नो आवश्यकता अनुसारका श्रमिकहरुलाई फर्म भर्न लगाएका थिए ।
मेलाको उद्घाटनमा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा।अविनाश बोहराले वर्षेनी करिव ५ लाख युवाहरु श्रम बजारमा आउने गरेको बताए । बजारमा आएकामध्ये ७० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेको बताए ।
दक्ष जनशक्ति उत्पादन नहुँदा न्यून दक्षता भएकाहरु विदेश जाने गरेका कारण नेपाली मजदुरहरुले अरु देशको तुलनामा न्यून ज्याला पाउने गरेको उनले बताए ।
कार्यक्रममा सहभागीहरुको स्वागत गर्दै कटहरी गाउंपालिकाका अध्यक्ष देवराज चौधरीले बेरोजगार युवाहरुलाई कटहरीमा सञ्चालित उद्योगहरुमा रोजगारी दिन पहल गर्ने बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले रोजगार मेलाको आयोजना गरी बेरोजगारहरुलाई रोजगारी दिने कार्य अत्यन्तै प्रशंसनीय रहेको बताए ।
मेलाका अवसरमा रोजगारदाता कम्पनीहरुको तर्फबाट रिलायन्स स्पिनिङ मिलले जुनियर अपरेटरतर्फ दुई सय पचास जना, अरिहन्त मल्टिफाइवरले दुई सयजना, रघुपति जुटमिलले दुई सयजना श्रमिक कामदारको आवश्यकता सिर्जना गरेका छन् ।
त्यसैगरी होटल तथा पर्यटन क्षेत्रबाट पाँचसय, निर्माण व्यवसायसम्वद्ध संस्थाहरुले पच्चीस सय, सुदर्शन सेक्यूरिटीले एकसय विभिन्न सीप भएका श्रमिक कामदारका लागि फर्म भरेका थिए । त्यसका साथै मेलाकै अवसरमा विभिन्न कम्पनी, उद्योगधन्दा, कार्यालयहरुले समेत रिसेप्सनिष्ट, मार्केटिंग, मेशिन अपरेटर, प्याकेजिंग लगायतका क्षेत्रमा दक्ष कामदारको खोजी गरेका थिए । मेलामा करिव एकहजार भन्दा बढि बेरोजगारहरुले रोजगारको अवसरका लागि माग गरिएको थियो । मेलामा मनमोहन प्राविधिक विश्वविद्यालय, शैलजा आचार्य स्मृति पोलिटेक्निक लगायत विभिन्न तालिम प्रदायक संस्था र जब पोर्टलहरुले स्टल राखेका थिए ।
कटहरी गाउँपालिकाका अध्यक्ष श्री देवराज चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सितादेवी राजबंशीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
जनकपुरधाम, २ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या साढे सात हजार पुगेको छ । त्यसमध्ये ३ हजार ६ सय ६३...
काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा...
काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...
विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनको आज हुदैछ । एनपीए कोशी प्रदेशको निर्वाचनमा दुई वटा छुटा– छुटै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एनपीए कोशी प्रदेशको अध्यक्षमा शम्भु साह र बिवेक...
इलाममा लोपोन्मुख पाटेबाघ यहाँ फेला परेको छ । इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।...
काठमाडौं, २३ असोज-कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार...
संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...
काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.