मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

 न्यूज विराट
मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। आर्यालले मन्त्री यादवलाई ५ हजार २७८ मतले पराजित गरे ।

आर्यालले १६ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए । तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए । मोरङ ५(२) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । निर्वाचन अधिकृत गणेश नायकले मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।

यसअघि मोरङ क्षेत्र नं. ५(१) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।

आर्याल २०३८ सालमा नेबिसंघ मोरङको सभापति भइसकेका छन् । २०६४ सालदेखि लगातार नेपाली काँग्रेसको मोरङको निर्वाचित जिल्ला सभापति भए काम गरेका छन् । नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भए । उनी काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेका छन् । उनले २०७२ सालको संविधानसभाको निर्वाचनमा तत्कालिन फोरमको अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर संविधान सभाको सदस्य पनि भएका थिए ।

सम्बन्धित समाचार

नेवाः खलः कास्कीलाई २ लाख सहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान

विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ । नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष...

झापाबाट सुरु भयो जनतासँग माओवादी तराई– मधेस जागरण अभियान

झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अभियान उद्घाटन गरेका हुन् । झापाबाट सुरु भएको अभियान...

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका १ सदस्यले बताएका छन्...

सप्तकोसी बैंक घोटाला प्रकरण : उच्चले थुनामा पठाउने आदेश सर्वोच्चबाट पनि सदर

विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोसी विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको छ ।सुवेदीसहित बैंकका तत्कालीन लेखा...

लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

काठमाडौं, ५ भदौ-अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति...

प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए

विराटनगर, २३ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको...

छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार गरी हत्या

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर एक किशोरको हत्या गरिएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको आइतबार राती छुरा प्रहार गरी हत्या गरिएको...

सर्वोच्चले भन्योः लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्