विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् ।
मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४ हजार १४९ मत मात्रै प्राप्त गरेका छन् । उनीहरूको मतान्तर १ हजार ६४३ रहेको छ ।
मोरङको क्षेत्र नं. ४ मा पर्ने कटहरी गाउँपालिकाको ४ र ५ नम्बर वडाको मत गणना सम्पन्न भएको छ । अहिले कटहरी ७ को मत गणना भइरहेको छ ।
मोरङ क्षेत्र नम्बर ४(१) प्रदेशतर्फ पनि सत्ताब गठबन्धनकै नेपाली काँग्रेसका उम्मेदवार गुरुराज घिमिरे ७२९ मतान्तरले अगाडी रहेका छन् । घिमिरेले ४ हजार १३६ मत ल्याउँदा एमालेका जय प्रकाश चौधरीले ३ हजार ४०७ मत प्राप्त गरेका छन् ।