घरदैलोमा भोट माग्दै महेश आचार्यले भने, ‘विकास प्रेमी नेता अमनलाल मोदीलाई जिताऊँ’
बिहिबार, २४ कार्तिक, २०७९,
न्यूज विराट
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् ।
प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको घरदैलो अभियानमा आचार्यले मत माग्दै उम्मेदवारहरूसँग हिँड्न थालेका हुन् ।
२०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका पूर्व मन्त्री आचार्य मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर सत्तारुढ गठबन्धनमा भागबन्डा हुँदा मोरङ क्षेत्र नम्बर ४ माओवादी केन्द्रले पायो ।
माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरूमा देखिएका थिएनन् । बिहीबारबाट उनी चुनावी अभियानमा हिँडेका हुन् । विराटनगर ८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । यस क्षेत्रको विकास प्रेमी नेता मोदी भएकोले उनीसहित गठबन्धनको उम्मेदवारलाई अत्यधिक मत दिएर विजय गराउनुपर्ने बताए ।
मोरङ क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका विनोद ढकालले पनि घरदैलो अभियान तीव्र बनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने तथा...
काठमाडौं, ३१ वैशाख-नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए । उनी टेकु...
विराटनगर । कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । आज विहान आठ बजेको लागि बोलाएको कार्यव्यवस्थापन समितिको बैठक स्थगित भएको हो ।परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगेपनि उपसभामुखले अनुपस्थित रहने...
काठमाडौं, २९ वैशाख-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा क्षेत्रमा नेपालको उपस्थिति कमजोर भएको स्वीकार गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतसँग सीमा जोडिएका पश्चिमी नाकामा केही दिनमै बीओपी थप गर्ने प्रतिबद्धता जनाएका छन् । सीमा...
विराटनगर, २० साउन–प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज...
नेपाल आयाल निगमले आगामी १६ दिनलाई पेट्रोलको मूल्य यथावत राख्ने निर्णय लिएको छ । पेट्रोलियम पदार्थमा एकाधिकार कायम गरेको निगमले भारतीय आयल कर्पोरेसनबाट किन्ने पेट्रोलमा फेरि मूल्य घटाइए पनि उपभोक्ताको मूल्य भने नघटाउने निर्णय लिएको...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...
विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...