विराटनगरमा १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरू (फोटो फिचर)

 न्यूज विराट
विराटनगरमा १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरू (फोटो फिचर)

विराटनगर । १ नं. प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन प्रदेश स्तरीय गोष्ठी विराटनगरस्थित बीग होटलमा शनिबारदेखि सुरु भएको हो ।

गोष्ठीको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरे । गोष्ठीमा गृह सचिब विनोद प्रकाश सिंह, प्रदेश १ का निमिक्त प्रमुख सचिब किशोर कुमार चौधरी, नेपाली सेनाका बालाधिकृत विभागका रथी सरोज प्रताव राण, नेपाल प्रहरीका महानिरीक्षक आइजिपी धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुस्न्धान निर्देशक हुतुराज थापा, नेपाली सेना, पूर्वी पृतनापति उपरथी सहदेव खड्का, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिपक गिरी, प्रदेश १ का १४ वटा जिल्ला प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थीति रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको बताए । प्रदेश १ सहित चार प्रदेशमा सुरक्षा बैठक भएको उनले बताए ।

गृहप्रवक्ता पोखरेलले कार्ययोजना अनुसार निर्वाचन सुरक्षा तयारी तथा बन्दोबस्तीको काम भइरहेको बताए । ‘प्रादेशिक सुरक्षा गोष्ठी निर्वाचनलाई निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न अहिलेसम्म भए÷गरेका वस्तुस्थितिको समीक्षा र अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुन्छ,’ उनले भने ।

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित २ लाख ९८ हजार ५ सय ७९ सुरक्षाकर्मी परिचालन हुनेछन् । यसबाहेक सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति पनि खटिँदै छन् । सेना र सशस्त्रलाई बाहिरी सुरक्षा तथा प्रहरी र म्यादीलाई मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा खटाउने निर्णय भइसकेको छ । निर्वाचन आयोगले मतदानका लागि १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र निर्धारण गरेको छ । तय भएका मतदानस्थलमध्ये एक तिहाइ मतदानस्थल अतिसंवेदनशील सूचीमा समेटिएका छन् । गृहका अनुसार ३ हजार ८० मतदानस्थल अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ कम संवेदनशील सूचीमा समेटिएका छन् ।

सम्बन्धित समाचार

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

विराटनगरबाट सट्टे बाजी खेल्ने ४ जना पक्राउ

विराटनगर । विराटनगरमा सट्टे बाजी खेल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ११ बाट मोरङ प्रहरीले खट्टे बाजी खेल्ने चार जनालाई शुक्रवार राती पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका ११...

नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न अडानको माग

काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...

परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् । यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री...

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...

प्रदेश १ मा १५५ संक्रमित थपिए

विराटनगर, २४ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको...

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्लेलाई बर्खास्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार उनलाई बर्खास्त गरेको हो । सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको...

चिनियाँ राजदूत घरभित्र मृत फेला

एजेन्सी, जेठ ४-इजरायलमा चीनका राजदूत मृत फेला परेका छन् । बीबीसीका अनुसार इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेका हुन् । इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् । उनकाे मृत्युकाे कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्