मनमोहनमा विश्व विद्यालयमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो

 न्यूज विराट

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा भर्ना खुलेको छ ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा कहलिएको मनमोहनले स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको बी।ई इन सिभिल इन्जिनियरिङ र बीइ इन इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङमा भर्ना खुलेको हो ।

विश्व विद्यालयले सीमित कोटा राखेर भर्ना खुलाएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । स्नातक तहको बिईइन सिभिल इन्जिनियरिङ र बिईइन इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङ दोस्रो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आवेदन कार्तिक ३० गतेसम्म खुल्ला गरेको विश्व विद्यालयका उपकुलपति सुवास श्री पोख्रेलले जानकारी दिए । उनका अनुसार दोस्रो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार बर्से इन्जिनियरिङ विषयमा सिभिलतर्फ ४८ जना र इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स तर्फ २४ जना बिद्यार्थीहरु भर्ना हुनेछन् । भर्नाका लागि प्रवेश परीक्षाका लागि आवेदन खुल्ला भएको र देश विदेशका इच्छुक विद्यार्थीले आवेदन गर्न सक्ने उपकुलपति पोखरेलले बताए ।

स्नातक तहको इन्जिनियरिङ संकायमा रेल्वे र पानी जहाज, भौतिक पूर्वाधार निर्माण देखी स्वदेशी उद्योगहरूलाई आवश्यक पर्ने सुहाउँदो जनशक्ति उत्पादन गराउने विभिन्न विषयमा पठनपाठन गरिने स्कुल अफ इन्जिनियरिङका डिन डा। प्रचण्डमान प्रधानले जानकारी दिए । डिन प्रधानका अनुसार स्नातक तहको इन्जिनियरिङ विषय पठनपाठनका लागि आधुनिक ल्याब सहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार भएको बताए । रजिस्ट्रार दिननाथ फुयाँलका अनुसार स्नातक तहको चार बर्से सिभिल इन्जिनियरिङ कोर्स पढ्न साधारण नेपाली विद्यार्थीले ५ लाख ८५ हजार, विदेशी विद्यार्थीले ८ लाख ७७ हजार ५सय र प्रायोजित विद्यार्थीका लागि ७ लाख ३१ हजार २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भर्ना भएका विद्यार्थीले पछि फिर्ता हुनेगरि प्रयोगशाला र स्कुल बापत १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ ।

विश्वविद्यालयले भावी दश वर्षे कार्य योजना बनाएको छ । पहिलो पाँच वर्ष योजना अन्तर्गत आर्थिक वर्ष २०७८ देखि २०८२ सम्ममा विभिन्न प्राविधिक विषयका ७ वटा स्नातक र पाँच वटा स्नातकोत्तर विषयहरू संचालन गर्ने लक्ष्य रहेको छ । दश वर्षमा स्नताक, स्नातकोत्तर र विद्यावारिधि गरी २८ वटा विभिन्न विषयहरू संचालन गर्ने लक्ष्य लिएको छ । सबै कार्यक्रमहरू संचालन भएपछि स्कुलमा २ हजार ८ सय ३१ जना विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयले जनाएको छ ।

प्रदेश सरकारसँग पर्याप्त बजेट दिन माग

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले गरिब, दलित, र जेहेन्दार घाइते अपाङ्गता भएका बिद्यार्थीहरुका लागि छात्रबृत्तीको व्यवस्था गर्न र पर्याप्त बजेट विनियोजन गर्न प्रदेश १ सरकारसँग आग्रह गरेको छ । उपकुलपति डा। सुभाष श्री पोखरेलका अनुसार पहिलो शैक्षिक सत्र देखी नै एमटियुले आफ्नै श्रोतबाट विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिने भएको छ । ‘पर्याप्त श्रोत नभएकोले अपेक्षा अनुसार छात्रवृत्ति दिन सकेनौ । प्रदेश सरकारले दिएमा धेरै भन्दा धेरै गरिब र सीमान्तकृत समुदायका बिद्यार्थीहरुलाई नि ः शुल्क पढाउन सक्ने थियौ,’ उपकुलपति पोखरेलले भने, ‘यसै गरी देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले स्थापना देखी नै आर्थिक समस्या झेल्नुपरेको छ ।’ पर्याप्त बजेट नहुँदा मेडिकल लगायतका अन्य सङ्कायतर्फको पठनपाठन सुरु गर्न समस्या भएको उनले बताए ।

मेडिकल तर्फको शैक्षिक सत्र आगामी आर्थिक वर्षबाट

स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्तर्गतको स्नातक तहको मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९र०८० बाट मेडिकलतर्फ पठनपाठन गराउन स्नातक तहको पाठ्यक्रम निर्माण गरेर काउन्सिल बाट स्वीकृत पनि गराइसकेको उपकुलपति पोखरेलले जानकारी दिए ।

विश्व विद्यालयले संचालन गर्ने कोर्सको लागि छुट्टै करिकुलम बनाउने उनले बताए । विश्वविद्यालयले उत्पादन र समृद्धिसँग जोडेर करिकुलमहरू बनाउने उनले बताए । ‘मेडिकल फार्मेसीको कक्षाहरू सञ्चालनमा आएपछि विश्वविद्यालयले मेडिसिन प्लान्टको लागि उत्पादन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने योजना रहेको छ,’ उनले भने ।

देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक विषयमा स्नातक तहदेखि पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ । उपकुलपति पोखरेलका अनुसार आगामी पाँच वर्ष भित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ । उनका अनुसार एमटियूले क्रमशः आइटी, पारा मेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड म्यानेजमेन्ट लगायतका विषयमा २८ सय बढी बिद्यार्थीहरुलाई स्नातक देखी स्नातकोत्तर तहसम्म पठनपाठन गराउने छ ।

सम्बन्धित समाचार

विद्यार्थीलाई करियर काउन्सेलिङ

विराटनगर, २१ कात्तिक । विराटनगरमा अध्ययनरत विद्यार्थीहरुका लागि करियर काउन्सेलिङ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि विषय छनौट सम्बन्धी काउन्सेलिङ गरिएको हो । कार्यक्रममा सर्टिफाइड क्यारियर कोच पूर्ण...

मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

विराटनगर, २७ असार–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार...

कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा कडाइ

विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका...

नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ‘छाता’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो ।‘रोटरी...

इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण

  रामकुमारी राई रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर मोरङ लेटाङको इसाई एकता समाजले...

महिलाहरुलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर । महिलाहरुलाई साक्षर बनाउने अभियानमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन जुटेको छ । अन्तराष्ट्रिय महिला दिवर र विश्व साक्षरता दिवसको अवसर पारेर क्लबले साक्षरता अभियानको सुरुवात गरेको हो।  रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बुद्धनगरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्