राशिफल

प्रदेश १ बाट तेक्वान्दोमा तीन स्वर्ण पदक

 न्यूज विराट
प्रदेश १ बाट तेक्वान्दोमा तीन स्वर्ण पदक

विराटनगर । नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट तेक्वान्दोमा मात्र तीन वटा स्वर्ण पदक जितेको छ । मोरङका कुसुम राजबंसि, झापाका रोसन मगर, र भोजपुरका वीर बहादुर तामाङले स्वर्ण पदक जितेका हुन् ।

ईन्दिरा थापा र सजिना तामाङले रजक पदक जितेका छन् । कास्य पदक ल्याउनेमा नितेश खवास, हिरादन राई, दिलन राई र सदिप तामाङ रहेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो मार्सल आटका केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रविण कुमार कार्कीले जानकारी दिए ।
नवौँ राष्ट्रिय खेलकुदमा १ नं.प्रदेशले १० स्वर्णसहित ८३ पदक हासिल गर्दै पदक तालिकाको छैटौं भएको छ ।
पोखरामा बिहीबार सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी जम्मा प्रदेश १ ले ८३ पदक ल्याएर छैटौं भएको हो ।

सम्बन्धित समाचार

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख

विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...