अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

 न्यूज विराट
अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ नगदसहित कदर पत्र र दोसल्ला ओढाएर धनराशिको आठौँ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रदान गरिएको हो ।

प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने दुई जना प्रहरीलाई जनही ५०÷५० हजारले प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गर्दै आएको छ ।

पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक विष्टले सुनसरी जिल्लाका भएका विभिन्न जघन्य अपराधको घटनाको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतको रूपमा कहलिएका छन् । उनले सुनसरीमा विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्नुको साथै कर्तव्य ज्यान जस्तो गम्भीर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गर्न सफल भएका छन् ।
विष्टले जघन्य अपराधको सूक्ष्म तरिकाले अनुसन्धान गरी घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो ।

मोरङमा रहँदा पनि विष्टले जघन्य अपराधको सफल अनुसन्धान गर्नुको साथै घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन अहम् भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको थियो । प्रहरी हल्ल वार रहेका विष्टलाई मोरङमा रहँदा उनले गरेको कामको उच्च मुल्याकन गर्दै सङ्गठनले असाइमा बढुवा गरेको थियो ।

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरू मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधाद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरूप साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा। विक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका थिए ।


प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च राख्न यस साधनादेवी प्रहरी पराक्रम पुरस्कारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्वर्गीय माता साधना देवी श्रेष्ठको नाममा वार्षिक रूपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा। विक्रम प्रसाद श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुखले हार्दिक धन्यवाद दिए । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाइ बधाई समेत दिए ।
सोही अवसरमा इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी हल्दार हुमेन्द्र प्रसाद यादव पनि नगद ५० हजार रुपैयाँसहित पुरस्कृत भए । पुरस्कृत हुने प्रहरी द्वयले आफूबाट सम्पादित कार्यहरूको मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरीको रूपमा आफूलाई छनौट गरिएबाट सङ्गठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।
स्वर्गीय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उद्देश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा।विक्रम श्रेष्ठले आफू लगायत आफ्नो परिवार खुसी भएको बताए ।

सम्बन्धित समाचार

विराटनगरमा सिटी चालकको प्रर्दशन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...

राप्रपाको एकता महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

काठमाडौँ विश्वविधालय र एस्पायर कलेज बीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता

विराटनगर । नेपालका दुई प्रतिष्ठित शैक्षिक संस्थाको सम्झौता भएको छ । काठमाडौं विश्वबिद्यालय स्कुल अफ एजुकेशन र विराटनगर १४ मा रहेको एस्पायर कलेजबीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता भएको हो । निरन्तर व्यावसायिक शैक्षिक केन्द्र...

कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू

काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ ।  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका हुन् । बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन् । ‘प्रहरी र सेनालाई मेरो आदेश छ, यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नू’ बुधबार देशबासीका नाममा गरिएको सम्बोधनमा उनले भने, ‘म उनीहरूलाई गाड्न तयार छु।’ बुधबार मनिलाको एक बस्तीमा खाना नपाएर आन्दोलन गरिरका बासिन्दाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि राष्ट्रपितको यस्तो वक्तव्य आएको हो । उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन् ।फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ ।

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश...

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौँ, २९ असोज-जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने...

गठबन्धनविना माओवादी चुनाव लड्दैन:गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज कुरा राख्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनविना माओवादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्