विराटनगर, ३० असोज । विराटनगरस्थित खार्जीमा मातृ तथा बाल स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । आइतबार रोटरी क्लब अफ विराटनगरको आयोजनामा खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा क्लबकी चार्टर प्रेसिडेन्ट तथा वरिष्ठ स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा. ममता वर्माले महिनावरीको समयमा अपनाइनुपर्ने सावधानी, सरसफाई र स्वास्थ्यबारे जानकारी गराएकी थिइन् ।
कार्यक्रममा महिला तथा किशोरीहरुलाई आइरन चक्कीसमेत वितरण गरिएको थियो । कार्यक्रममा ७० जना महिला र किशोरीहरुको सहभागीता रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित आदर्श माविलाई सिलाई मेशिन वितरण गरेको छ । विश्वकर्मा पूजाको अवसर पारेर क्लबले आर्थिक तथा सामुदायिक विकास अन्तर्गत रोटरी क्लब अफ डाउनटाउनले आदर्श विद्यालयमा ७ वटा सिलाई...
विराटनगर । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विभिन्न पाँच वटा क्लबको संयुक्त आयोजनामा विराटनगरमा र्याली निकालिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको अगुवाईमा विराटनगरका पाँच वटा क्लबहरुसँग समन्वय गरि र्याली...
विराटनगर, १० मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित अर्किड पब्लिक स्कुलमा सचेतनामुलक कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरत छात्राहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । क्लबले महिनावारी स्वच्छता सचेतना कार्यक्रम तथा महिनावारी...
विराटनगर । महिला र युवतीहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खर्जी गाउँमा प्याड बनाउने तालिम दिइएको हो । तालिममा ३५ जना महिला र युवतीहरुको सहभागीता...
विराटनगर, २५ मंसिर । विराटनगर महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई महिनावारी कप वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक कार्यक्रम गरी महानगरमा कार्यरत ४४ जना महिला कर्मचारीहरुलाई मुफ्त महिनावारी कप वितरण गरेको हो...
विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...
विराटनगर । विभिन्न अपराध गरेर फरार भएका अभियुक्तलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ ।विभिन्न अपराधमा अदालतबाट दोषी...
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ। प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय...