विराटनगर । राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् । राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो माग राखेका हुन् ।
राजनैतिक दलहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दालाई राजनैतिक घोषणा पत्रमा समावेश गरी यो समुदायलाई नीति निर्माण तहमा प्रतिनिधित्वको सुनिश्चित गराउनुपर्ने बताए । कार्यक्रममा बोल्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालकी अध्यक्ष मनीषा ढकालले राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको समानुपातिक सहभागिता गराउनुपर्ने बताइन् । ‘राज्यले लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि विभेद गरेको छ,’ उनले भनिन्, ‘सङ्घ हुँदै प्रदेश र स्थानीय तहको हरेक संयन्त्रहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गराउनुपर्दछ ।’
राज्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पहिचानको आधारमा राज्यले नागरिकता दिनुपर्ने उनले बताइन् । राज्यले गरेको विभेदको कारणले अहिले पनि यौनिक तथा अल्पसङ्ख्यकहरूले अहिले पनि पहिचानको आधारमा नागरिकता नभएको बताइन् । यस्तो विभेदकारी नीति तत्काल खारेज गरी यौनिक तथा अल्पसङ्ख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने उनको भनाई छ । ‘वैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसङ्ख्यक चाहेर पनि विवाह गरेर बस्न पाएको छैनन्,’ उनले भनिन्, ‘वैवाहिक मान्यता नपाउँदा उनीहरू सम्मान पूर्वक बाँच्न पाउने अधिकारीबाट वञ्चित हुनुपरेको छ ।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई नागरिकतामा बनाउन पनि समस्या रहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घकी कार्यक्रम संयोजक सिमरन शेरचनले बताइन् । ‘अहिले पुरुष र महिलाहरूको लागि मात्र नागरिकता बनाउने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको नागरिकता नबन्दा रोजगारबाट वञ्चित हुनुपरेको अवस्था छ,’ उनले भनिन्, ‘राज्यले अब पहिचान अनुसारको नागरता दिनुपर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरू थुप्रै सेवा सुविधाहरूबाट वञ्चित हुनुपरेको अवस्था रहेको उनले बताइन् । परिवर्तनशील समाजको कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले राजनैतिक दलमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पनि सभाबेश गरेर लैजानुपर्नेमा जोड दिइन् । देशभरिमा ८ देखि १० लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रहेको जानकारी गराउँदै उनीहरूले राजनैतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएका व्यक्तिको समानुपातिक सहभागिताको सुनिश्चित हुनुपर्ने माग राखेका छन् । मोरङमा मात्र १४ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको परिवर्तनशील समाजको कार्यक्रम संयोजक मौसम श्रेष्ठले बताइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । उनले महन्थ ठाकुरलाई पत्र लेख्दै विश्वासको मत...
लहान, २४ असार-मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी...
काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।...
एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना...
प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मन्त्री यादवले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका हुन् । कोरोनाविरुद्धको खोपले साइड इफेक्ट नगर्ने...
विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...
विराटनगर, २० वैशाख । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितले स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै...
काठमाडौं, ५ मंसिर-काठमाडौं उपत्यकामा शुक्रबार १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...