सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

 न्यूज विराट
सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगले उनलाई चुनाव चिन्ह ट्युबेल दिएको छ ।

सोही अनुरूप मण्डलले चुनावी प्रचार–प्रसार पनि थालेका छन्। विकासको मूल फुटाउने र शैक्षिक क्रान्तिलाई अझ प्रभावशाली रूपमा अगाडि बढाउने एजेन्डाका साथ चुनावी मैदानमा होमिएका ‘जोगी’लाई एमालेका कार्यकर्ताले पनि साथ दिने केही नेताहरू बताउँछन्। यसपालिको चुनावमा मण्डलले  ३७ वर्ष लामो एमाले राजनीति त्यागेर स्वतन्त्र उम्मेदवार बनेका छन् ।  नललाई क्षेत्र नम्बर ५ का जनताले पत्याएका पनि छन्। तर, मण्डलको विद्रोहले नेकपा एमालेले जसपा सँग गरेको तालमेललाई चुनौती दिएको छ। 

नेकपा एमालेका प्रदेश  १ कमिटी सदस्य  पदबाट राजीनामा बुझाएर उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएपछि अहिले मोरङ–५ मा चुनावी तरङ्ग नै छाएको छ। 

गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै मण्डल स्वतन्त्र रूपमा उठेपछि धेरैले एमालेले जसपालाई धोका दिएको आङ्कलन गरेका छन्। तर मण्डल भने आफू एमालेको आधिकारिक सदस्य नरहेकोले पार्टीको सर्कुलर नमान्नु स्वाभाविक नै रहेको  उनको भनाई छ । 

‘मैले राजीनामा नै दिएर स्वतन्त्र रूपमा उठिसकेका कारण पार्टीको निर्देशन मान्ने कुरा आएन,’ उनले भने, ‘म बागी होइन, स्वतन्त्र हुँ। म पार्टीमा रहिनँ होला, जनतामा छु। मलाई समर्थन गर्ने पार्टीका सदस्य पनि हुनुहुन्छ, जनता पनि हुनुहुन्छ।’

एमालेले सहमतिका आधारमा मोरङ ५ मा जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवलाई उम्मेदवार बनाएको छ। यो क्षेत्र जसपा अध्यक्ष उपेन्द्र यादवको गृह र आधार क्षेत्र हो। यस क्षेत्रमा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल उठेका छन्। 

मण्डलले २०७४ नेपाली काँग्रेसका अमृत अर्याललाई पराजित गरेका थिए। यस पटक मण्डल द्वय र यादवका कारण यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

शिक्षा, स्वास्थ्य र कृषिमा क्रान्ति ल्याउन मेरो उम्मेदवारी 

मण्डलले आफ्नो क्षेत्रको विकासका लागि र जनताको खास प्रतिनिधि बन्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । शुक्रवार पत्रकारहरूसँग कुराकानी गर्दै मण्डलले  विकासको दृष्टिकोणले क्षेत्र नम्बर ५ पछि परेको र पहिला निर्वाचित भएर गएकाहरूले जनताको विकास नगरेका कारण जनताले चाहेअनुरुपको काम गर्न उम्मेदवारी दिएको बताए ।

आफ्नो निर्वाचन क्षेत्रका मानिसहरू कृषिमा आश्रित भएका कारण कृषिको विकासमा जोड दिने उनले बताए । ‘यो क्षेत्रका मानिसहरू कृषिमा आश्रित छन्, उनीहरूको हितका लागि अघिल्ला प्रतिनिधिले कुनै काम गरेका छैनन्,’ मण्डलले भने, ‘कृषिको विकास गर्न, कृषिलाई प्राथमिकतामा राखेर यसको आधुनिकीकरण गरेर जनताको जीवनस्तर उकास्न मेरो उम्मेदवारी हो ।’

आफूले २५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेर गरिबीरहित नेपालको परिकल्पनासहित क्षेत्र नम्बर ५ लाई पनि गरिबीरहित बनाउने उद्देश्यकासाथ काम गरिरहेको उनले बताए । यसअघि यो क्षेत्रबाट जितेका नेताहरूले केही काम नगरेको उनको भनाई छ । ‘हामीले पटक–पटक नेताहरूलाई मत हालेर जिताउँदा पनि आफ्नो क्षेत्रमा विकास र परिवर्तन भएको छैन, समस्या जस्ताको त्यस्तै छन्’ उनले भने ।

यही क्षेत्रमा जन्मेर, हुर्केर बसेको मान्छे भएका कारण यो क्षेत्रको आवश्यकता पूर्ति गर्न लागि परिरहेको उनले बताए ।  

को हुन् योगेन्द्र मण्डल ?

योगेन्द्र मण्डल ‘जोगी’ जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष हुन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका जोगीको राजनीति यात्रा एमालेबाटै सुरु भएको हो। अनेरास्ववियु हुँदै एमालेको भ्रातृ सङ्गठनमा बसिसकेका उनको सक्रियता राजनीतिमा भन्दा सामाजिक सेवामा थियो।

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यीय पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल ‘जोगी’ ।

२०४२ सालतिर महेन्द्र मोरङमा पढ्दा अनेरास्ववियुमा आबद्ध भई राजनीति थालेका उनी आफूलाई राजनीति र समाज दुबैसँग जोडिएको व्यक्ति भन्न रुचाउँछन्। २०४२ सालतिर विद्यार्थी नेता हुँदै राजनीति थालेका हुन् । उनले  त्यसपछि एमालेको भ्रातृ सङ्गठनमा काम गरे ।  प्रदेश कमिटीमा रहेर पछिल्लो दुई वर्षयता सक्रिय थिएँ। तर पार्टीले अन्याय गरेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । 

धनपालथान गाउँपालिका २ मा जन्मेका ‘जोगी’ तीन दाजुभाइ र तीन दिदीमध्येका कान्छा हुन् ।  सामान्य परिवारमा जन्मेका उनले गाउँका विद्यालयमा कक्षा ८ सम्म पढे। माध्यमिक तह पढ्नको लागि विराटनगरको जनता नमुना माध्यमिक विद्यालयमा आए। त्यहाँबाट एसएलसी गरेका उनले बिएस्सीसम्म विराटनगरको मोरङ क्याम्पसमा पढे। पछि एमएस्सी गर्न काठमाडौँ गए पनि उनी आर्थिक सङ्कटका कारण त्यहाँ धेरै समय टिकेनन्। र, गाउँमा सकारात्मक परिवर्तनको अभियान बोकेर उनी मोरङ फर्किए।

नेपाल –भारत सीमानजिक जन्मिएर हुर्किएका उनलाई सानैदेखि गाउँमा परिवर्तन ल्याउने इच्छा थियो। एमएस्सी पढेर गाउँमा आउँदा उनलाई जागिर दिने थुप्रै थिए। तर, उनले एक ठाउँमा पक्का भएको जागिर पनि छोडे। किनकि, उनमा एउटा हुटहुटी थियो, गाउँमा परिवर्तन ल्याउने सशक्त अभियन्ता बन्ने।

त्यसपछि गाउँमा शैक्षिक क्रान्ति ल्याउन उनले विद्यार्थीहरूलाई निःशुल्क पढाउन थाले। पछि विद्यार्थीको चाप बढ्न थालेपछि उनले विद्यालय नै स्थापना गरे। उनले गाउँका विपन्न मानिसको आर्थिक अवस्था उकास्नको लागि गाउँमा नै जीवन विकास समाज संस्था दर्ता गरे। उनले २०५४ सालमा जीवन विकास समाज संस्था स्थापना गरेका हुन्। गाउँबाट स्थापना गरेको जीवन विकास संस्था अहिले देशभरको भएको छ। 

सोही संस्थामार्फत जीवन विकास पब्लिक स्कुल स्थापना गरेका उनले गाउँमा बालबालिका भेला गरेर निःशुल्क ट्युसन पढाउँदै विद्यालय स्थापना गरेर हजारौँलाई शिक्षा दिएका छन्। उनले शिक्षामा पुर्‍याएको योगदानले गर्दा २०७६ सालमा ‘क्वालिटी एजुकेसन फर अल’ नामक तीन लाख अमेरिकी डलर राशिको पुरस्कार जेनेभास्थित राष्ट्र सङ्घको मुख्यालयबाट पाएका थिए। 

‘जोगी’ले साउदीका राजकुमार अब्दुल अजिल विनतालको हातबाट पुरस्कार थापेका थिए। पुरस्कार लिएसँगै उनले पुरस्कारको रकममा त्यति नै थपेर दोब्बर राशिको अक्षय कोष बनाएका छन्। हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने संस्था तथा व्यक्तिलाई पुरस्कार दिने व्यवस्था छ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस महाधिवेशनः मोरङमा वडा अधिवेशन शान्तिपूर्ण

विराटनगर, ६ असोज । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि मोरङमा हिँजो वडा अधिवेशनमा आज शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ। जिल्लाका १७ वटा स्थानीय तहका १५९ वटै वडाको अधिवेशनको अधिकाँश स्थानमा सम्पन्न भएको नेकां...

विनियोजन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए...

कोरोनाबाट जोगिन सावधानी अपाउन सांसद लिङ्देनको आग्रह

झापा, जेठ ७-सांसद राजेन्द्र लिङ्देलले गृहजिल्ला झापाको कचनवलमा कोरोना संक्रमित पुष्टि भएपछि सावधानी अपनाउन आग्रह गरेका छन् । झापा–३ बाट निर्वाचित लिङ्देलले संक्रमित बढे पनि नआत्तिन र सावधानी अपनाउन आग्रह गरेका हुन् । ‘ज्यालामजदुरीका सन्दर्भमा...

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्याे श्री एयरको जहाज

काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन

विराटनगर । नागरिकता संशोधन विधेयक पारित गरिनुपर्ने माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । उनीहरुले नागरिक विधेयक पारित गरी जन्मसिद्धका सन्तानालाई नागरिकता दिनुपर्ने माग राख्दै विराटनगरमा आइतबार प्रर्दशन गरेका हुन् ।नेपालको संविधानले २०७२ सालअघि नेपालको...

जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा

विराटनगर । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा...

काठमाडौंबाट मजदुर लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय...

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लबले शिविर आयोजना गरेको हो । नोबेल मेडिकल कलेजका डाक्टर र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्