काममा जान्छु भनेको धामीको हत्या

 न्यूज विराट
काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो ।

हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको छ । शव भेटिएको स्थान घरदेखि करिब एक किलोमिटर पश्चिममा पर्दछ । दुई वर्ष अगाडीदेखि यादवले धामी, झाक्र्रीको काम गर्दै आएका छन् ।
‘बिहीबार ६ बजेतिर रतुवामाइको लरीकट्टा भन्ने ठाउँमा काम परेको छ । त्यहाँ जान्छु भनेर घरबाट जानुभएको रहेछ,’ सुनवर्षी नगरपालिका ४ का वडाअध्यक्ष छेदिया यादवले भने, ‘ ‘अहिले शव भेटिएको छ ।’ प्रहरी प्रशासनले घटनाको सुष्म रूपमा अनुसन्धान गरी दोषीलाई कडा कारवाही हुनुपर्ने उनले बताए ।

यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र. न. १०२०४४ प. ३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए । घरबाट हिँडेको भोलिपल्ट शुक्रवार बिहान रङेली बटरवारी जाने भित्री सड्क खण्डको बाटोमा पार्किङ गरी राखी मोटरसाइकल राखेको स्थान बाट अन्दाजी १०÷ १२ मिटर दक्षिण बाटोमा कोल्टे परी मृत अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । यादवको पेटमा छुरी प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । पेट र शरीर भरी छुरा प्रहार गरेको चोटपटक लागकेो छ ।
घटनास्थलमा मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले संयुक्त रुपमा अनुसन्धान सुरू गरेको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर सहितको टोली खटी अनुसन्धान पनि गरेको थियो ।

सम्बन्धित समाचार

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र

विराटनगर । विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ ।विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको...

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सकियो

विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम समापन भएको छ । संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो ।दुई दिनसम्म संचालन भएको तालिममा मोरङ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ‘छाता’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो ।‘रोटरी...

मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।   स्वास्थ्य...

खार्जीमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, १४ वैशाख । विराटनगरस्थित खार्जीमा स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीका विद्यार्थी र समुदायका लागि स्वच्छतासम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा हात...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्