विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

 न्यूज विराट
विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।
पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको हो ।

उक्त केन्द्रको औपचारिक उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सद्स्य, प्रदेश १ का उपाध्यक्ष एवम् मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, प्रदेश १ का उपाध्यक्ष एवम् मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले पर्यटन सुचना केन्द्र स्थापना गर्दै ।


प्रदेश १ का पर्यटकीय स्थलहरुबारे विस्तृत जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।
प्रदेश १ का प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यबारे जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने काम केन्द्रमा हुने जनाइएको छ । महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै राउतले इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भए पनि विराटनगरको रानी नाकामा पर्यटन डेस्क स्थापना नभएकाले त्यो काम पनि सूचना केन्द्रमार्फत नै गरिने बताए ।

प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जानकारी दिंदै उनले हाल रहेका १६ वटा आन्तरिक विमानस्थल सञ्चालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताए । प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रो होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको भन्दै राउतले त्यसमा सुधार गर्नुपर्ने उल्लेख गरे । पर्यटकहरुलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकोले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग उनले बताए ।

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि अध्यागमन सेवाको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताए । पर्यटन क्षेत्रलाई राज्यले ठूलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको उनको भनाइ थियो। प्रदेश १ मा सहासिक र धार्मिक पर्यटनको विकासको सम्भावना रहेकोले ध्यान त्यसैमा केन्द्रीत गर्नुपर्नेमा बोहराले जोड दिए ।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए ।

१४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरु सूचना केन्द्रमा रहने श्रेष्ठले उल्लेख गरे।

सूचना केन्द्रमा पर्यटनसम्बन्धी जानकारी दिन सक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने जनाइएको छ। त्यसका लागि प्रदेश सरकारअन्तर्गत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको महासंघले जनाएको छ । महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापछि प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

बीपीमा थप दुई संक्रमितको मृत्यु

विराटनगर,  १० कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका एक पुरुष र सुनसरी धरानका एक महिला रहेका छन् । मोरङका पुरुषको आइतबार...

इटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

विराटनगर, ९ असोज । सुनसरीको  इटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा...

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

गोकुल बाँस्कोटा भन्छन् : डिजाइनअन्तर्गत प्रधानमन्त्रीमाथि हमला 

काठमाडौं, १६ असार-पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेलगायत विषय डिजाइनअन्तर्गत भएको टिप्पणी गरेका छन् । जारी स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले सामाजिक...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं, २४ कात्तिक-नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

पानी परेपछि रोकियो नेपाल – भारतको खेल, कटायो नेपालले १७७ रन

विराटनगर । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १७७ रन पूरा गरेको छ । नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ३८ रनमा खेल्दैछन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्