पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटलको पहिलो अडिसन सम्पन्न, दोस्रो अडिसन असोज १६ र १७ गते हुदै
मङ्गलबार, ११ असोज, २०७९,
न्यूज विराट
विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशीको पहिलो अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको हो । पहिलो अडिसनमा ७० जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ । जय मिडियाले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको यो प्रतियोगिता प्रदेश १ को सबैभन्दा ठुलो हो । विगत चार वर्षदेखि उक्त प्रतियोगिता हुँदै छ ।
दोस्रो अडिसन असोज १६ गते इनरुवा र इटहरीमा हुनेछ । असोज १७ गते धरान र विराटनगमरा हुनेछ सिइओ निशा खतिवडाले बताइन् । अडिसनमा सहभागिहरूको लागि आवेदन पनि खुल्ला गरिएको छ । अडिसन सकिएपछि छनौट भएका प्रतियोगहरूलाई दशै र तिहारको बिचमा प्रशिक्षण दिने जय मिडिया म्यानेजमेन्टका चियरमेन जय राज रायले जानकारी दिए । विजेताहरूले जनही ३०–३० हजार रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँचदलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।...
विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...
उदयपुर, १७ वैशाख-उदयपुरको भुल्केका २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिँदा भुल्केवासीहरूलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको...
विराटनगर । विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव २०८० मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा महोत्सव समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो । महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र...
विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर...
विराटनगर । विराटनगर – २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का...
काठमाडौं, ४ असोज-काठमाडौं, ४ असोज-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका...
विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...