दमक–लखनपुरको पोल्टामा मिल्स भेट्रान्सको उपाधि

 न्यूज विराट
दमक–लखनपुरको पोल्टामा मिल्स भेट्रान्सको उपाधि

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लबलाई ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।

एक गोलकाविरुद्ध दुई गोलले अगाडि रहेको दमकले अन्तिम ३० सेकेण्ड आफूलाई समाल्न नसक्दा जितका लागि टाइब्रेकरको सामना गर्नु परेको थियो ।
दमकका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवाश आङ्थुपोले गोल गरे भने एलबी आलेको प्रहारलाई गोलरक्षकले बचाउ गरे । विराटनगरका सुरेन्द्र तामाङ, अंकुर खड्गी, सुरज श्रेष्ठले गोल गरे भने नवीन्द्र लिम्बूको प्रहारलाई गोलरक्षले विफल पारेका थिए । अन्तिममा प्रहार गरेका लाक्पा लामाको प्रहार सिधा पोष्टमाथिबाट बाहिरिएको थियो ।
खेलको ४९ औं मिनेटमा दमकका देउमान लिम्बूले पाएको क्रसपासमा हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै ५० औं मिनेटमा विराटनगरका सुरेन्द्र तामाङ बक्स अगाडिबाट गरेको प्रहार सिधा जाली चुमाउँदै खेल बराबरीमा ल्याए ।
५८ औं मिनेटमा दमकका सुवास आङ्थुपोले सेन्टरबाट ट्याक्ल अघि बढाएको बल वान भर्सेस वानको स्थिति बनाएर गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेल सकिन ३० सेकेण्ड बाँकी छँदा विराटनगरका सुरज श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक सुनील तामाङ भए । सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवाश आङ्थुपो भए । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँका साथै ट्रफी प्राप्त गरे । व्यक्तिगततर्फ २ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।


फाइनल खेलका अवसरमा पूर्व खेलाडी ललित थापा, गोर्वद्धन आले, गम्भीर लामा र अन्नतराज थापालाई सम्मान गरियो ।
खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, उद्योगी तथा समाजसेवी अरुण राठी, वडाध्यक्ष उद्धव भुजेल, किशोर शाही, खेल संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरे ।

सम्बन्धित समाचार

कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ ।मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं, १० साउन-आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले...

वैशाख ६ गते बोलाइयो कोशी प्रदेशको विशेष अधिवेशन

विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् । ‘कोशी प्रदेशसभाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्