विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ ।
टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी सुरु गरेको मेलामा सवारी साधन पारखीहरूको आकर्षण बढेको हो ।
असोज ४ गतेबाट सुरु हुने मेला असोज १० गतेसम्म सञ्चालन हुने छ । मेला मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी संलागनमा रहेको छ । अहिले मेलामा टिभिएसको नयाँ आएको सवारी साधन बुझन र खरिद गर्न आउने बढेका छन् । मेलामा टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको ग्राण्ड एक्सचेन्ज गर्न सकिने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए । मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने शाहले बताए । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने शाहको भनाइ छ ।
मार्केटिङ म्यानेजर सन्तोष शाह टिभिएसको मोटसाइकल र स्कुटीको विशेषताबारे ग्राहकलाई जानकारी गराउँदै ।
यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट गर्न सकिने र न्यूनतम मासिक ४ हजार २७७ बुझाउन सकिने उनले जानकारी दिए । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रीमा उपलब्ध गराउने शाहले बताए । ‘मेलामा अहिले सर्वसाधारणको आकर्षण देखिएको छ,’ उनले भने
टिभिएसको ग्राण्ड एक्सेनज मेलामा मार्केटिङ म्यानेजर सन्तोष शाह टिभिएसको मोटसाइकल खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण गर्दै ।
काठमाडौं २९ भदौ-सरकारले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको...
काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...
विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...
काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।जितको...
विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो...
कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा...
काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय...