मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजकको सानदार जित

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजकको सानदार जित

         

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्स भेट्रान्स क्लबले दुलारी भेट्रान्स क्लब मोरङलाई ३ – १ गोलले हराउँदै आयोज विजयी भइ अन्तिम आठमा पुगेको हो । जितको लागि मिल्स भेट्रान्सका सन्तोष चोङवाङ दुई गोल र प्रकाश पौडेल एक गोल गरेका थिए ।


मिल्स भेट्रान्सले खेल सुरु भएको १९ औं मिनेटमा प्रकाश पौडेलले गोली गरी टोलीलाई सुरूवाती अग्रता दिए । प्रकाशले गोल गरेको १० मिनेटपछि मिल्सका सन्तोष चोङवाङले गोल गरी दोब्बर बनाए । दोस्रो हाफदेखि राम्रो प्रर्दशन गरेपनि दुलारी भेट्रान्स क्लबले सफलता प्राप्त गर्न सकेन । खेलको ३७ औं मिनेटमा सन्तोष चोङवाले पुन गोल गरी टिमको जित सुनिश्चित गरे । दुलारीका चुडामणी गौतमलले ५७ औं मिनेटमा सान्तवना गोल फर्काए ।
प्रतियोगिताको आजको खेल हाम्रो धरान भेट्रान्स र दमक लखनपुर भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । खेलको म्यान अफ द म्याच आयोजक मिल्स भेट्रान्सका खेलाडी सन्तोष चोङवाङ घोषित भए ।

प्रतियोगितामा प्रदेश १ भरीका ११ वटा टिमको सहभागि रहेको मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए । प्रतियोगिताको बिजेताले ५१ हजार १ सय ११ र उपबिजेताले ३१ हजार १ सय ११ रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उद्घाटन खेलको प्रमुख अतिथि जनता समाजवादी पार्टी मोरङ अध्यक्ष राजकुमार यादव, अतिथिहरु विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष सन्तोष बानिया,मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोर बहादुर शाही, वडाअध्यक्षहरु उद्धव भुजेल, सुर्यलाल यादव, सुर्यनारयण महतोलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

बलिउडमा डिस्को रक स्थापित गराउने बप्पी रहेनन्

एजेन्सी, ४ फागुन । प्रसिद्ध भारतीय गायक तथा संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । आज लाहिरीको मुम्बईको क्रिटिकेयर अस्पतालमा निधन भएको हो । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, क्रिटिकेयर अस्पतालका निर्देशक...

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

ट्राफिक प्रमुख आफैं सडकमा : विराटनगरमा मनपरी भाडादर नियन्त्रण अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार विराटनगर महानगरपालिकामा सार्वजनिक यातायात साधनहरूले लिइरहेको भाडादरको अनुगमन गरेको छ। लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने विद्यार्थीहरूबाट सिटी सफारी लगायतका सार्वजनिक सवारी साधनहरूले मनपरी भाडा लिइरहेको गुनासो...

बजार खोल्ने हेटौँडाका व्यवसायीको निर्णय 

हेटौंडा, १९ जेठ-हेटौँडाका व्यवसायीहरूले देशमा जारी लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको भन्दै सरकारलाई चेतावनी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले...

घरमै बसेर जितिया पर्व मनाउँदै थारू महिला

चितवन, २५ भदौ-थारू समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारू महिला...

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसको माग

सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

झापाका १४ पालिका बाढीको उच्च जोखिममा

झापा, १५ असार-झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदीले दमक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्