प्रदेश १ मा आत्महत्या विरुद्धको विशेष अभियान सुरु (फोटो फिचर)
आइतबार, ०२ असोज, २०७९,
न्यूज विराट
विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं .प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा आइतबारदेखि आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु भएको हो ।
अभियान अन्तर्गत आज बिहान विराटनगरको रोडशेषचोकबाट वृहत् ¥याली निकालेको छ । रोड शेष चोकबाट निस्किएको ¥यालीले ट्राफिक चोक हुँदै जैन भवनमा पुगेको छ । जैन भवनमा औपचारिक कार्यक्रम भएपछि अभियानको औपचारिक रूपमा शुभारम्भ हुनेछ । ¥यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरी, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेलगायतका सुरक्षा निकायका प्रमुख तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहभागिता रहेको छ । आफूलाई माया गरौँ, अमूल्य जीवन खेर नफालौँ, साहसी हुनुहोस्, बाँचुनहोस र आफ्नो समस्या समाधान गर्नुहोस्, आत्महत्या गर्नु पाप हो लगायतको प्ले काट बोकेर ¥यालीमा सहभागी भएका थिए ।
प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले प्रदेश सरकारको सहयोगमा समुदायलाई लक्षित गरेर आत्महत्याविरुद्धको अभियान सुरु भएको बताए । प्रदेशमा आत्महत्याको अवस्था विकराल एवं भयावह बनेर गएकोले यसको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान सुरु भएको बताए । ‘बेलैदेखि रोकथाम एवं नियन्त्रणमा चासो नदिए अवस्था थप असामान्य बनेर जाने देखिन्छ,’ उनले भने, ‘अभियान सञ्चालन गर्दै आत्महत्या गर्न हुँदैन र अमूल्य जीवनको सदुपयोग गर्नुपर्छ भन्ने सन्देश समुदायमा प्रवाह गर्ने योजना छ । आत्महत्यालाई निरुत्साहित बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन जरुरी रहेको छ ।’
समुदाय–प्रहरी साझेदारीलगायत प्रहरीका अन्य काम कारबाही र गतिविधिलाई पनि अभियानसँग जोडेर आत्महत्याविरुद्धका कार्यक्रमहरूलाई तीव्र रूपमा सञ्चालन गरिने डिआइजी गिरीको भनाइ छ ।
काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...
विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...
विराटनगर । कोशी प्रदेशबाट २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औं समुहबाट ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु आइतबार दिक्षित...
काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...
काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा...
सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा ४७ हजार बढीको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा आरडीटी र पीसीआर विधिबाट ४७ हजार बढीको परीक्षण गरिएको बताए...
विराटनगर । सरकारले अरबौंको लगानीमा निर्माण गरिएको लुम्बिनीस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा संचालन गर्ने तयारी गरेको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले दुई विमानस्थलको व्यवसायीक...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...