विराटनगर महानगरमा सफाई विशेष अभियान सञ्चालन

 न्यूज विराट
विराटनगर महानगरमा सफाई विशेष अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर २ को तीनपैनी आसपासको क्षेत्रमा सरसफाई गरिएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी महानगरलाई तीन भागमा विभाजित गरेर सरसफाई अभियान सञ्चालन गरिएको छ ।

प्रतिकूल मौसममा बाबजुद पनि महानगरले अभियानलाई निरन्तरता दिएको छ । आज महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको नेतृत्वमा तीनपैनी आसपास क्षेत्रको सरसफाई गरिएको छ ।

सरसफाईमा वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधान, सरसफाई शाखाका प्रमुख हिरालाल यादव, महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित जनप्रतिनिधि, नगर प्रहरी, सफाईका कर्मचारीलगायतको सहभागिता रहेको थियो । उनीहरुले सडक र फुटपाथ सफा गरेका थिए ।

फुटपाथमा राखेको निर्माण सामग्रीसमेत हटाइएको थियो । विराटनगरलाई सफा, सुन्दर र हराभरा राख्न अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । अभियान हरेक शुक्रबार सञ्चालन प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...

प्रदेश १ को कोरोना कोषमा जम्मा भयो २८ करोड ७८ लाख

विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...

ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलत्कार गर्ने एक जना पक्राउ

विराटनगर । विराटनगरको २० वर्षीया किशोरीलाई जवरजस्ती करणाी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलत्कार गरेको आरोपमा विराटनगर– ६ का ३० वर्षीया मो.रिजवान अन्सारी पक्राउ...

चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’

विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

२४ घण्टामा १ हजार २ सय ५२ वटा नमुना परीक्षण, सबैको नेगेटिभ नतिजा

काठमाडौं, २० वैशाख-पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...

चितवनबाट आएका भनिएका संक्रमित मुम्बईबाट आएको खुलासा

जनकपुर, ४ जेठ-शनिबार संक्रमण देखिएका धनुषाका २ जना व्यक्तिले झुटाे विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । ती २ जना संक्रमितले सुरुमा आफूहरू चितवनबाट आएको बताए पनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरूले आफूहरू मुम्बईबाट...

विराटनगरमा लाग्दै आएका हाटबजार बन्द, सुपर मार्केटहरुमा पनि छैन सतर्कता

विराटनगर, चैत ९ –कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक शनिबारे लगाउने तयारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्