उद्योग बाणिज्य महासंघको भवन निर्माणका लागि जग्गा प्राप्ती, चार तलाको भवन बन्ने

 न्यूज विराट
उद्योग बाणिज्य महासंघको भवन निर्माणका लागि जग्गा प्राप्ती, चार तलाको भवन बन्ने

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले सचिवालय भवनका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर महानगरपालिका ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउंपालिका २ सक्मामा १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणको लागि उपब्ध गराएका हुन् ।

जग्गा खरिद गर्दा ५० लाख पर्ने १ कठा जग्गा बस्नेतलले नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक राजेन्द्र राउतको पहलमा उक्त जग्गा प्राप्त भई आइतबार आर्थिक मामिला मन्त्री प्रदेश नं. १, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल लगायत महासंघका केन्द्रिय सदस्य एवं प्रदेशका पदाधिकारीहरुको उपस्थितिमा जग्गा प्राप्ती सम्वन्धमा सम्झौता भएको छ ।


सो अवसरमा उपाध्यक्ष राउतले उक्त जग्गामा तीन महिनाभित्रै महासंघको भवन निर्माणको काम सुरु हुने जानकारी दिए । उक्त जग्गामा करीव १६ हजार स्वायर फिटको चार तले सुविधा सम्पन्न भवन निर्माण गर्न महासंघले आवश्यक प्रक्रिया अघि बढाएको उपाध्यक्ष राउतले बताए ।
भवन निर्माणका लागि प्रदेश १ को चालु आर्थिक बर्षको बजेटबाट १ करोड रुपैयाँ महासंघलाई छुट्याइएको छ । भवन निर्माणका लागि नक्सा निर्माणको काम अघि बढेको र करीव ८ करोड रुपैयाँको लागतमा भवन निर्माणको तयारी भइरहेको उपाध्यक्ष राउतले जानकारी दिए । पहिलो चरणमा दुई तले कार्यालय, सभाहल एंव अतिथि गृह निर्माण गरिने जनाइएको छ ।
महासंघको भवन निर्माण गर्न आवश्यक सहयोगका लागि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकासँग समेत आग्रह गरिएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रमका अवसरमा जानकारी दिइएको छ ।

सम्बन्धित समाचार

चार प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

देशका अधिकांश भूभागमा सोमबार सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम...

सुनसरीको देवानगञ्जमा ग्राम शुद्धिकरण महायज्ञ, सनातन धर्म संस्कृतिको संरक्षणमा जोड

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको श्री कृष्ण माविमा ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) लगाएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार महायज्ञ लगाएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए...

रतुवामाईका थप एक जनामा कोरोना, एक जनाको आरडिटि पोजेटिभ

विराटनगर, जेठ ९–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनामा आरडिटि पाजेटिभ देखिएको छ । शुक्रबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाई नगरपालिका–२ घर्रु चोकका ४१...

व्यापारीको बदमासी, पाँच किलो ‘जुनेली’ चनामा २५० ग्राम ढुङ्गा र माटो भेटियो

विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते

विराटनगर, २९ कात्तिक । ओखलढुङगामा बोरोले दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान दुर्घटना हुँदा सद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर,...

भारतमा ५० लाखभन्दा बढीले जिते कोरोना

एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी...

कोरोनाबाट ७ महिलासहित ११ को मृत्यु

काठमाडौं ३ असोज-पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा ७ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्