विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ बिमोचन

 न्यूज विराट
विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ बिमोचन

विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् ।

हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो ‘ म परदेशी बन्दिन’ को विमोचनका अवसरमा सहभागीहरुले कला, संस्कृतीको कुनै सीमा हुने हुनाले यसको संरक्षणले मुलकको मौलिकता झल्कने बताएका हुन् ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले म्युजिक भिडियोको विमोचन गर्दै मुलुकको चिनारी झल्काउन विकास निर्माणसँगै कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले महानगरपालिका यस क्षेत्रका साहित्यकार, कलाकारहरुको पहिचान स्थापित गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे । कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सांसद एवम् प्राज्ञ खेम नेपालीले कला संस्कतीको जगेर्ना गर्नुपर्ने बताए ।

हिपमत मिडियाका अध्यक्ष वीरेन्द्रकमार साह, सदानन्दन मण्डल, प्रेमकुमार यादव, बसुन्धरा झा लगायतले कला, संस्कृतिको संरक्षणबाट पर्यटन व्यवसाय फस्टाउनका साथै मुलुकको विकास झल्कने विचार राखे ।

सोही अवसरमा भाषा, कला , संस्कृति क्षेत्रमा कार्य गर्ने विभिन्न एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको थियो । विमोचन गरिएको गीतका गायक वीरेन्द्रकुमार झा हुन् ।

सम्बन्धित समाचार

रानी मिनी महोत्सवमा चर्चित कलाकार अन्जु कुश्मी आउने, प्रणय– दिवसमा धमकेदार प्रस्तुती दिइने

विराटनगर । विराटनगर १५ गौतम बुद्ध स्कुल अगाडी सुरु भएको रानी मिनी महोत्सवमा चर्चित  चर्चित गायिका तथा मोडल अन्जु कुश्मीको प्रस्तुती रहने भएको छ । फागुन २ गते प्रणय – दिवसको दिन उनले उक्त महोत्सवमा...

मोर्डन एरा कविता प्रतियोगिता, भूमिका र सुप्रेणा भए प्रथम

विराटनगर । मोर्डन एरा कविता प्रतियोगितामा भूमिका थापा मगर र सुप्रेणा थापा प्रथम भएका छन् । विराटनगरस्थित मोर्डन एरा स्कुलले मंगलबार आयोजना गरेको कविता प्रयोगितामा भूमिका सिनियरतर्फ र सुप्रेणा जुनियरतर्फ प्रथम भएका हुन् । सिनियरतर्फको...

तराईमा होली आज, हराउँदैछ मौलिकता

तराई क्षेत्रमा फागु पर्व अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार देशका पहाडी क्षेत्रहरूमा फागु पूर्णिमा मनाइएको थियो । आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने...

अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ...

आन्दोलित विराटनगरका उद्योगी÷व्यवसायीलाई अर्थमन्त्री शर्माले काठमाडौं बोलाए

विराटनगर, २६ जेठ । बजेटले स्वदेशी उद्योगहरु धारासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनद्र्धन शर्मामाले काठमाडौं बोलाएका छन् । अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग...

भाडादर नटाँस्ने सार्वजनिक सवारीलाई कारबाही गरिने

काठमाडौं, १५ कात्तिक-महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने भएको छ । हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४ सय २९ वटा सवारी साधनहरूमा...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

हिँउने अधिवेशनबाट प्रदेशको नामाकरण हुन्छः मुख्यमन्त्री राई

विराटनगर, १५ मंसिर–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनको पहिलो प्रस्तावनै प्रदेश नामांकनको विषय हुने बताएका छन् । उनले आगामी हिउँदे अधिवेशनले प्रदेश १ को नाम टुङ्गो लगाउने दावी गर्दै अधिवेशनको पहिलो प्रस्तावनै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्