बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

 न्यूज विराट
बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी, १ भदौ । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार यही भदौ ५ देखि ९ गतेसम्म उक्त खोप अभियान सुरु हुनेछ । यसका लागि पाँच सय ६८ खोप कार्यकर्ता र एक हजार एक सय ३६ स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।

यहाँका सात स्थानीय तहमा यही भदौ ८ सम्म र बाँकी तीन पालिकामा ९ गतेसम्म अभियान सञ्चालन हुने भएको छ । जिल्लाको मेलौली नगरपालिकासहित सुर्नया, शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास र दोगडाकेदार गाउँपालिका ८ गतेसम्म सञ्चालन हुने र पाटन, पुर्चौडी, दशरथचन्द नगरपालिकामा भने ९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ ।

जिल्लामा उक्त उमेर समूहका ३८ हजार पाँच बालबालिका रहेका र उनीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो । जिल्लाभरि पाँच सय ६२ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ ।

जिल्लामा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ जनाले ‘बुस्टर डोज’ लगाएका छन् । कोरोनाकै कारण यहाँ १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ । बैतडीमा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ ले ‘बुस्टर डोज’ लगाएका छन् । भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म तीन हजार चार सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

महानगरको डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

यी भाग्यमानी नेपाली जसले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाए

मस्को, ४ असोज–रुसमा बसोबास गर्दै आएका एक नेपालीले पहिलोपटक कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

वामदेवको आरोप : प्रधानमन्त्रीले नै एमाले पार्टी दर्ता गराए

काठमाडौं, १६ असार-निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता भएको आरोप लगाएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमबार नेकपा एमाले दर्ता भएपछि गौतमले सो आरोप लगाएका...

व्यापारी अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले कालोबजारीको आरोपमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्