रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

 न्यूज विराट
रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विराटनगरका चारवटै क्लबको सहभागिता रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

भर्चुअलरूपमा आयोजित कार्यक्रममा डिस्ट्रक्ट ट्रेनर, विभिन्न समितिका अध्यक्ष तथा सदस्यहरु, नयाँ सदस्य अभिमुखीकरण समितिका अध्यक्ष र तालिम समितिका अध्यक्षलगायत रोटरीका सम्भावित सदस्यहरुको समेत सहभागिता रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी सचिव नमिता टिवडेवालले बताइन् ।

रोटरी क्लबले गर्ने कार्य र क्लबबारे सदस्य र सम्भावित सदस्यहरूलाई विविध जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण मेम्वरशिप कमिटी चेयर गिरिजा सारडाले गरेकी थिइन् ।

कार्यक्रमको स्पीकरका रुपमा डिस्ट्रक्ट ट्रेनर सञ्जय गिरी, डिस्ट्रक्ट मेम्बरशिप कमिटी चेयर डा. धु्रवप्रसाद आचार्य, न्यू मेम्बर ओरिन्टेशन सब कमिटी चेयर हरिओवध्वज जोशी, रिजन ७ का डिस्ट्रक्ट ट्रेनिङ कमिटी चेयर कुमार गिरी रहेका थिए ।

सम्बन्धित समाचार

कोरोना परिक्षणका लागि कोशी अस्पतालको ल्याव मुख्यमन्त्री राईद्धारा निरिक्षण

विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण...

भोजपुरबाट धरान जाँदै गरेको ट्रकमा ब्राउन सुगर भेटियो

भोजपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा...

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...

भारत तस्करी हुन लागेको दुई बोरा गाँजासहित कार बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित प्रहरीले कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) भुटहाले नेपाल भारत सीमा क्षेत्रदेखि तस्करीको ६५ केजी गाँजा बरामद गरेको हो । गाँजा लोड...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री...

डुबेर एक जनाको मृत्यु

विराटनगर, १८ जेठ । जिल्ला सुनसरी कोशी गाऊपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पंचायत भिमनगर १३ लालपुर घर भई सुनसरी कोशी...

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार : सभामुख सापकाेटा

काठमाडौं, ३ असोज-सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्