विराटनगर । विराटनगर १४ मलाया रोडमा रहेको दिव्य ज्योती हस्पिटलमा ‘पेइङ्ग क्लिनिक (फास्ट ट्रयाक) तथा डे केयर सेवा सुरु गरेको छ । विरामीलाई गुणस्तरीय सेवा दिदै आएको दिब्य ज्योतीले विरामीहरूलाई छिटो र छरितो सेवा प्रवाह गर्ने उद्देश्यले फास्ट ट्रयाक तथा डे केयर सेवा सुरु गरेको हो ।
फास्ट ट्रयाकबाट विरामीले उपचार गरे छिटो सेवा पाउने अस्पतालका प्रशासक प्रमुख दिपेन्द्र साहले जानकारी दिए । फास्ट ट्रयाकबाट आउने विरामीले कम समयमा एउटै छानामुनि सम्पूर्ण सेवाहरु प्राप्त गर्नेछन् । भरपर्दो उपचार सेवा प्रदान गरेर विरामीको मन जित्दै आएको दिव्य ज्योतीले २४ सै घण्टा आकस्मिक सेवा, फिजिसियन डाक्टरहरुबाट ओपीडि सेवा, आँखा, नाक, कान तथा घाँटीको सम्पूर्ण उपचार सेवाहरू गर्दै आएको छ । यस्तै छाला, यौन तथा कुष्ठ रोग, उपचारको सुविधा पनि रहेको छ ।
अस्पतालमा मोतियाविन्दुको शल्यक्रियाको साथै डे– केयरको पनि सुविधा रहेको छ । फेको प्रविधिद्धारा तोपिकल विधिले मोतियाबिन्दुको पनि शल्यक्रिया गर्दै आएको छ । यस्तै अत्याधुनिक फेको प्रविधि द्धारा शल्यक्रिया गरी स्वदेशी तथा विदेशी लेन्स राख्ने गरेको छ । दिब्य ज्योतिमा जलबिन्दुको शल्यक्रिया गर्नुको साथै मासु पलाएको, आँसु नली र छडके आँखाको चेकजाँच तथा शल्यक्रिया हुने गरेको छ ।
अस्पतालमा दैनिक २५० भन्दा बढी विरामीले उपचार गर्न विरामी आउने गरेका छन् ।