विराटनगरको जनरल हस्पिटल आफ्नै भवनमा संचालन, यस्ता छन् सेवाहरू

 न्यूज विराट
विराटनगरको जनरल हस्पिटल आफ्नै भवनमा संचालन, यस्ता छन् सेवाहरू

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको छ । नयाँ भवनको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधबार उद्घाटन गरेपछि संचालनमा आएको हो ।

तीन कट्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा प्रारम्भिक चरणमा १५ शैय्याको अस्पताल सञ्चालन आएको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिका अध्यक्ष जय प्रकाश रायले बताए । ‘विशेषज्ञ सेवासहित आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएको छ ,’ अध्यक्ष रायले भने, ‘केही दिन भित्रमा २५ शैय्याको अस्पताल विस्तार गर्दै क्रमिक रूपमा शैय्या थप गर्दै लैजाने योजना रहेको छ ।’ यसअघि जनरल हस्पिटल विराटनगर ९ घोघापुलचौकमा भाडामा रहेको थियो । आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएपछि विशिष्टीकृत सेवा प्रदान गर्ने अध्यक्ष रायले बताए । हस्पिटलमा आइसियू, एनआइसियू, भेन्टिलेटर, इन्डोस्कोपी, इसिजी, एक्सरे, अल्ट्रासाउण्ड पनि नयाँ भवनबाट सुरू हुने उनले बताए । अस्पतालमा २४ घण्टा सेवाहरू सुचारु भएको उनले बताए ।


कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विराटनगरको दक्षिण क्षेत्रमा खुलेको हस्पिटलले यस क्षेत्रको उपचारमा सहयोग पुग्ने बताए । उनले गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गरेर विरामीको मन जित्नुपर्ने बताए ।

अस्पतालमा बाल रोग विशेषज्ञ डा. फरेन्द्र साह, वरिष्ठ फिजिसियन डा. सच्दिानन्द दास, वरिष्ठ जनरल तथा ल्यप्रोस्कोपी सर्जन डा. क्षितिज गिरी, फिँजियो थेरापिस्ट डा. मो. जावेद पि.टि., अर्थोपेटिक सर्जन डा. मिलन केसी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुलसी महतोलगायतले सेवा दिनेछन् । डा. फरेन्द्र साह अस्पतालका मेडिकल डाइरेक्टर पनि हुन् ।


आफ्नै भवनमा सञ्चालनमा आएको हस्पिटलमा एक सय भन्दा बढीले रोजगारी पाउनेछन् । हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको अध्यक्ष रायले जानकारी दिए । खुल्ला रक्तदान कार्यक्रममा हस्पिटलका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका छन् ।

सम्बन्धित समाचार

पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी

विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवमा चार दिने फोटो...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

असुरक्षित हुने गर्भपतनलाई निरुत्साहित गर्न जोड

विराटनगर—असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको...

मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बा सावित भएको विरानगर –७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसर भित्र आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ११, १२ र विविएसका यस अघि...

सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम...

दलित समुदायका मुद्धामा प्रदेश सरकार संवेदनशिलः मन्त्री राई

विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् । बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री...

कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...

आईपीएलः कोलकातामाथि पन्जाबको शानदार जीत

एजेन्सी, ११ कात्तिक-किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जीत हात पारेको छ । शारजाहमा गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्