१४ अर्बको लगानीमा केशलिया करिडोर निर्माण हुँदै

 न्यूज विराट
१४ अर्बको लगानीमा केशलिया करिडोर निर्माण हुँदै

विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् ।

नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत गराएका छन् । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् ।

नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए ।

कार्यक्रमको अध्यक्ष समेत रहेका मन्त्री कार्कीले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया कोरिडोर निर्माण गरिने बताएका छन् । केशलिया नदीलाइ सौन्दर्यीकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने मन्त्री कार्की बत्ताउँछन् । ‘हामीले विराटनगरमा नयाँ योजना गर्दै छौँ भने आसपासका पालिका र स्थानीय तह पनि समेट्न’ पर्दछ । त्यो विकासको मोडालिटि विकेन्द्रित हुन्छ । मन्त्री कार्कीले भने, स्थानीय तहको समेत सहभागितामा कोरिडोरको निर्माण थालिने छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागि पर्ने बताए । अघिल्लो सरकार हुँदै आयोजना निर्माणको कार्य थालजि गरिने बताएको भए पनि अस्थिरताका कारण सुरु हुन नसकेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, प्रदेश सचिव, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगाएर सरोकारवाल निकायका प्रमुखका प्रतिनिधिको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष(२०७९–८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय तथा प्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया कोरिडोर निर्माणको प्रक्रिया थालिएको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका, बर्जू गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो ।

दुवै किनारमा कोरिडोर निर्माण गरी र बस्तीलाई संरक्षण गर्न पनि कोरिडोर आवश्यक रहेको तथा विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम दुई महिनाभित्रै तयार भएको हो । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्ने छ ।

 

सम्बन्धित समाचार

लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि...

सिरहामा राहत वितरणका विषयमा झडप

जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना...

‘लक डाउन’ मा जाने धरान उपमहानगरपालिकाको निर्णय

विराटनगर, चैत १०–धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् । लकडाउनका घोषणा भएसँगै...

इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक

विराटनगर । इलेक्ट्रा इलेक्ट्रिक कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको छ । उक्त ब्राण्डका एम्बेस्डर सुरज सिहं ठकुरीले इलेक्ट्रा इलेक्ट्रिकको नयाँ उत्पादन सेलिजको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै ठकुरीले सधै विश्व प्रख्यत ब्राण्डसँग आवद्ध...

विराटनगरमा प्रहरीको लापसे अभियान, एकै दिनमा ११ जना नियन्त्रण

विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लापसे गरेर सवारी चलाउने ११ जनालाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए...

साउदी अरबमा कोरोनाबाट ११ भारतीयको मृत्यु

एजेन्सी, बैशाख १२-साउदी अरबमा ११ जना भारतीय नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । 'यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा ४, मक्कामा ३, जेदामा २ गरी...

अखिल नेपाल महिला संघ विराटनगरको अध्यक्षमा रीमा रिजाल

विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर महानगर कमिटिको अध्यक्षमा रीमा रिजाल चयन भएकी छिन् । विराटनगरमा शनिबार भएको संघको ९ औं अधिवेशनबाट रिजाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । समितिको उपाध्यक्षमा सरस्वती कोइराला,...

महिला जागृती वृद्धा आश्रमका जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख १९–नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका – १ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रममा आश्रीत जेष्ठ नागरिकहरूलाई औषधी तथा खाद्यान्य वितरण गरेको छ । विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्