विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

 न्यूज विराट
विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो ।

विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमात्र पठनपाठन हुने कान्तिपुरले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । स्थापनाको छोटो समयमा नै सर्वोत्कृष्ट नतिजा ल्याएको कलेज प्रमुख भुवन नेपालले बताए । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौँ बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेज प्रमुख नेपालले भने, ‘दक्ष, अनुभवी र सधैँ माया र हौसला दिने प्राध्यापक र शिक्षकहरू रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि कान्तिपुरबाट पास भएका विद्यार्थीहरू देश विदेशमा नाम राख्न सफल छन् ।

कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तिको पनि व्यवस्था छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विराटनगरका मात्र नभएर पूर्व मेचीदेखि मधेस प्रदेशको जनकपुर, सिराहा, सप्तरी, बागमती प्रदेश र अन्य विभिन्न जिल्लाहरूका विद्यार्थीको रोजाई नै कान्तिपुर बनेको छ । कलेजले नयाँ शैक्षिक सत्र को लागि कक्षा ११ मा भर्ना खुलाएको छ । मङ्गलवार ९ देखि १० बजेसम्म हुने प्रवेश परीक्षा लिने कलेजले जनाएको छ । नयाँ भर्ना लिन कलेजले प्रवेश परीक्षा लिएको कलेज प्रमुख नेपालले बताए । सोमबारसम्म १ हजार ५ सय भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी जनाउन फारम लिएर गएको उनले बताए ।

सम्बन्धित समाचार

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

इलाम,  २ असोज-इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । ५ जनाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।  कोरोनाका कारण बिरामीलाई औषधि...

रतुवामाईको बालुबारीमा बोर्डर आउट पोष्ट स्थापना

विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन...

विराटनगरमा ७१ सहित प्रदेश १ मा एक सय १४ संक्रमित थपिए

विराटनगर, ८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

‘लक डाउन’ उल्लंघन र अनुमतिबिना बाँडेपछी सेनिटाइजर नियन्त्रणमा: मेयर राई

विराटनगर, चैत १५। मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गरेकाले सेनिटाइजर नियन्त्रणमा लिएको स्पष्ट पारेका छन् । उनले उर्लाबारी नगरपालिका सम्मको मात्र पास ल्याएर रतुवामाई प्रवेश गर्न नपाउने दावी...

प्रचण्डको माया लाग्छ तर काँध हाल्न सकिँदैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । विराटनगरमा आयोजित आफ्नो समूहको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले गलत बाटो समाएकाले उनी मूल घरमै आउनुपर्ने ओलीको भनाइ राखेका हुन् ।...

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्