बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

 न्यूज विराट
बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ ।

दुई मुलुकबीचको प्रशासनिक काम पूरा गर्नासाथ भारतको बथनाहदेखि कटहरीसम्म मालबाहक रेल सञ्चालन गर्न सकिने भारतीय रेल्वेले जनाएको हो ।
उद्योग संगठन मोरङमा भएको छलफलमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले मालबाहक रेल तत्काल सञ्चालनमा ल्याउन सकिने जानकारी दिएका हुन् ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने बताए ।

यस क्षेत्रबाट भईरहेको नेपाल भारत वीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने वताउदै उनले स–साना वाधा व्यवधानलाई अविलम्व समाधान गरी मालवाहक रेल्वे संचालनमा ल्याउन दुवै देशका अधिकारीहरुलाई आग्रह गगरेका थिए । यसका लागि निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको उनले बताए ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह–कटहरी रेल्वे नेपाल र भारत सरकार वीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा संचालनमा ल्याउन सकिने दावी गरे ।

उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण मानिएको कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने बताए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजश्व संकलन समेत प्रभावित भएको जनाउँदै कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने वताए ।

नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परिक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरेर रेल संचालनको तयारी भईरहेको बताए ।

सम्बन्धित समाचार

लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...

पश्चिमबंगाल विधानसभामा विधायकहरूबीच हानाहान

भारतको पश्चिमबंगाल विधानसभामा आइतबार विधायकबीच हात हालाहाल भएको छ । पश्चिमबंगालको बीरभूममा भएको हत्याकाण्डलाई लिएर विधानसभामा हात हालाहाल भएको हो । तृणमूल कांग्रेस र बीजेपी विधायकबीच भएको हानाहानमा तृणमूल कांग्रेसका विधायक असित मजूमदार घाइते भएका...

गौतमबुद्ध स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...

मंसिरमा महाधिवशन हुँदैन, चैतको तयारीमा जुटौँ : प्रवक्ता श्रेष्ठ   

काठमाडौं, ७ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्रको विवाद र संक्रमणकालको अन्त्य गर्न सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चैतको महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अर्लि महाधिवेशन’ भन्दै मंसिरमा गर्ने...

लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...

सगरमाथामा एसइइ परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम...

साउदी अरबमा कोरोनाबाट ११ भारतीयको मृत्यु

एजेन्सी, बैशाख १२-साउदी अरबमा ११ जना भारतीय नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । 'यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा ४, मक्कामा ३, जेदामा २ गरी...

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्