मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

 न्यूज विराट
मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।

आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद ब्यक्त गरेको हो ।

एमाले मोरङले अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न समेत सुझाव दिएको छ । सार्वजनिक महत्वका क्षेत्रमा विभिन्न १८ बुँदे निर्णय गरेको एमाले मोरङले अलपत्र अवस्थामा छाडिएको हु्लाकी राजमार्ग र रतुवा खोलाको पूल निर्माणको काम अविलम्ब सक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै अधिक बजेट खर्च गरेको देखाउने नाममा प्रदेश सरकारले गत जेठ र असारमा अत्यन्तै कमसल तथा गुणस्तरहिन काम गर्दै अरबौं रुपैयाँको अपचलन गरेको भन्दै एमालेले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

धान रोप्ने मुख्य समयमा समेत मल र बिउँको उचित व्यवस्थापन नगरेर वर्तमान सरकार राज्यको ढुकुटी लुट्न मात्र उद्दत देखिएको आरोप लगाउँदै एमाले मोरङले यस्ता कृयाकलापप्रति खेद ब्यक्त गरेको छ ।

मोरङका विभिन्न नाकाबाट सरकारी आडमै दिनदहाडै तस्करी संस्थागत हुँदै गएको भन्दै एमालेले तस्करी रोक्न र प्राकृतिक विपद्को क्षति न्यूनिकरणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । सरकारी सेवाप्रदायक कार्यालयहरुमा हुनेगरेको ढिलासुस्ति, अनियमितता, भ्रष्टचार, घुसखोरीलगायतका बेथितिहरुलाई नियन्त्रण गरि आम नागरिकलाई सहज, सरल र भरपर्दो सेवा प्रवाह गर्न ध्यानाकर्षण गराएको छ ।

यस्तै नेकपा एमाले मोरङले आगामी दुई महिनाभित्र पार्टीको संगठनात्मक कामलाई पूर्णता दिई राजनैतिक तथा वैचारीक प्रशिक्षण अभियान चलाउने भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार दुई महिनाभित्र पार्टीका सम्पूर्ण कमिटी तथा जनसंगठनहरुलाई पूर्णता दिई गतिवान  बनाउने निर्णय भएको बताउनुभयो । यस्तै राजनैतिक वैचारीक प्रशिक्षण अभियानलाई वडा, टोल, पालिका र निर्वाचन क्षेत्र र जिल्लास्तरमै सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लास्तरीय प्रशिक्षण साउन २३ गते मोरङको सुन्दरहरैचाको विराटचोकमा आयोजना हुनेछ ।

सम्बन्धित समाचार

यी हुन् दर्ता खारेजीमा परेका विराटनगरका १५ सहकारी

विराटनगर । विराटनगर महानगरपालिका भित्र कार्यक्षेत्र भएका एक दर्जन बढी सहकारीको दर्ता खारेजी गरेको छ । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको हो । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण...

भोलीदेखि विराटनगरमा कोरोना विरुद्धको खोप लगाइने

विराटनगर, ११ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

भारतमा एकैदिन थपिए ६७ हजार कोरोना संक्रमित 

एजेन्सी, साउन २९-भारतमा गत २४ घण्टामा झण्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् । भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय...

बृद्धभत्ताको लोभमा एमालेलाई भोट नहाल्नुस्, हामीले २० वर्ष बढी बाँच्ने बनाएका छौँः रामचन्द्र पौडेल

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको लोभमा एमालेलाई मत नदिन आग्रह गरेका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता...

म्यान्मारमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ६२ पुग्यो

एजेन्सी, असार १९-म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १ सय ६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...

जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्