शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

 न्यूज विराट
शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

विराटनगर । शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ । आज विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरि वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई पुरस्कृत गरेको हो । उहाँहरुलाई नगद २१ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उहाँहरुलाई पुरस्कार प्रदान गर्नुभएको छ । विस २०७६ मा स्थापना भएको उक्त्त पुरस्कार कोरोना महामारीका वितरण हुन नसकेकोमा वि.सं. २०७७ को शर्मा र २०७८ को भट्टराईलाई प्रदान गरिएको हो ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीहरुले समाजमा रहेको विकृति एवं विसङ्गति अन्त्यका लागि सत्य तथ्यका आधारमा आम नागरिकमा सूचना पस्कनुपर्ने जोड दिनुभयो ।

उहाँले चौतारी आवद्ध पत्रकारहरुले व्यवसायिक पेशागत क्षमताका आधारमा आफ्नो दक्षता प्रदर्शन गर्नुका साथै पार्टीको नीति तथा कार्यक्रमका सम्वन्धमा नागरिकहरुलाई जानकारी दिने भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रेस चौतारीका साथीहरुले ‘टु इन वन’ को भूमिका निर्वाह गर्नुपर्छ, एकातिर सत्य र तथ्यमा आधारित भएर व्यवसायीक पत्रकारिताको माध्यमबाट सुसुचित गर्ने, अर्कोतर्फ पार्टीका बिचार र सिद्धान्तलाई पनि अवलम्बन गर्नुपर्ने ।’

पोखरेलले राष्ट्रिय राजनीतिमा रहेको विकृति अन्त्यका लागि तथ्यमा आधारित सही समाचार सम्पेषण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, चौतारी प्रदेश १ का अध्यक्ष अविजाल विष्ट, पुरस्कार छनौट समितिका सदस्य रामचन्द्र अधिकारी र प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले  पुरस्कृत हुनेहरुलाई बधाई दिँदै सञ्चार माध्यमलाई प्रवर्धन गर्न र स्वतन्त्र अभिव्यक्तिमा पार्टीको ठूलो योगदान रहने बताउनुभयो ।

सम्बन्धित समाचार

कोरोना बीमा मापदण्ड संशोधन गर्न कार्यदल गठन

काठमाडौं, २१ भदौ-बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सच्याउन बीमा समितिले कार्यदल बनाएको छ । समितिले अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकायअन्तर्गतका उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रूपमा...

मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै...

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

४२.७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६...

पत्रकार निरौला सम्मानित

विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...

सकियो पाँच दिने टेबल टेनिस

विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।...

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान, घर फर्किए साढे ४ हजार विदेशी

काठमाडौं, १३ वैशाख-देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको १ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्