रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न

विराटनगर, २१ असार । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार विषेश समारोहकाबिच वर्ष २०२२–२३ का पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको हो ।

रोटरी क्लब इन्टरनेशनल ३२९२ नेपाल–भुटानका डिस्ट्रीक्ट गभर्नर जितेन्द्रराज भण्डारीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष संचिता जैनले रेखा राठी नेतृत्वको वर्ष २०२२–२३ को टिमलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरिन् । रेखा विराटनगरका उद्योगी अनुपम राठीकी धर्मपत्नी हुन् ।

पदस्थापानसँगै क्लबकी वर्ष २०२२–२३ की सचिव नमिता टिवडेवाल र कोषाध्यक्ष प्रियंका मुण्दडालेसमेत औपचारिकरुपमा जिम्मेवारी सम्हालेका छन् । प्रियंका मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाकी धर्मपत्नी हुन् । यसपटक चयन भएका पदाधिकारीहरु अनुभवी र सकृय महिलाका कारण क्लबले उदाहरणीय काम गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले आगामी एक वर्षमा उदाहरणीयरुपमा विभिन्न सामाजिक कार्यहरु गरिने बताइन् । उनले विपन्न परिवार, शिक्षा, स्वास्थ्य, वातावरणलाई प्रथामिकतामा राखेर काम गर्ने बताइन् । उनले महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न घरेलु सामाग्रीको प्रदर्शनी र मेला कार्यक्रमसमेत गर्ने क्लबले योजना बनाएको जानकारी दिइन् । सो मेला क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । तर, एक वर्ष भने कोरोना महामारीका कारण उक्त मेला लाग्न सकेको थिएन ।

कार्यक्रममा वर्ष २०२१–२२ कि सचिव अनिता सारडाले एक वर्षमा क्लबले गरेका कामहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमा रोटरीयन सन्तोष प्रसाद रिजाल, वासुदेव गोल्यान, संजय गिरी, सरिता गोल्छा, निवर्तमान अध्यक्ष संचिता जैन, निवर्तमान सचिव अनिता सारडा लगायतले वर्ष २०२२–२३ का पदाधिकारीलाई रोटरी क्लबको उद्देश्य अनुरुप सामाजिक कार्यहरु गर्न शुभकामना दिएका थिए ।

सो अवसरमा पत्रकार शंकर खरेल र किशोर विश्वकर्मालाई सम्मान समेत गरिएको थियो । उनीहरुलाई प्रसंसा–पत्रसहित सम्मान गरिएको क्लबले जनाएको छ । खरेल विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टी दैनिकका प्रधान सम्पादक हुन भने विश्वकर्मा हाम्रो विराटनगरका कार्यकारी सम्पादक हुन् ।

कार्यक्रमा प्रमुख अतिथी, अथितीहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । सो अवसरमा करिब २ सय ५० जनाको उपस्थिती थियो ।

 

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...

किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी भेटियो

विराटनगर । विराटनगर – ११ मा रहेको किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको छ । म्याद सकिने मिति दुई दिन बाँकी रहेको पाउरोटीमा ढुसी परेको भेटिएको हो । विराटनगर – ५ चाँदनी...

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन-जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा उनमा काेराेना पोजिटिभ देखिएको हो ।   नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि...

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन जोड

विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउन सरोकारवालहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा शनिबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

टेलिभिजन सेवा प्रदायकहरू एकजुट भए

काठमाडौं, २ साउन-नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यालनहरूले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् । भारतीय न्यूज च्यानलले नेपाल र...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

न्यूरो अस्पतालका चिकित्सकमा पनि कोरोना

विराटनगर, साउन १७–विराटनगरस्थित न्यूरो अस्पतालका एक चिकित्यकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि विराटन नर्सिङ होम, म्याक्स र कोशी अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण देखिएकोमा न्युरो अस्पतालका चिकित्सकमा पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्