चट्याङ लागेर २८ वर्षीया युवतीकाे मृत्यु

 न्यूज विराट
चट्याङ लागेर २८ वर्षीया युवतीकाे मृत्यु

बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा  परी घाइते भएकी थिइन् । उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशका नवनियुक्ति मन्त्री र राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल...

देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गर्नुभएको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने मिति तोकिएको छ...

शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

काठमाडौं, १७ असार । नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै...

विराटनगरको नृत्योपासनाको वार्षिक परीक्षा सम्पन्न

विराटनगर - विराटनगर २ स्थित शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय 'नृत्योपासना'ले विद्यार्थीहरूको वार्षिक मूल्याङ्कन परीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ। बिहिबार र शुक्रबार गरी दुई दिनसम्म सञ्चालन भएको यो मूल्याङ्कन परीक्षामा प्राथमिक तहदेखि चौथो वर्षसम्मका कुल...

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो। तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण...

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्