गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

 न्यूज विराट
गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिए ।

बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गैर आवासीय नेपालीहरुसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके विकासमा टेवा पुग्नसक्ने बताए ।

“भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरुको लागि मात्र होइन गैर आवासीय नेपालीहरुले विकासका धेरै क्षेत्रमा लगानी गर्न सक्छन्,” मन्त्री कार्कीले भने,“विदेशमा भएका नेपालीहरु फुटेर होइन जुटेर आए संघीय र प्रदेश सरकारले लगानीको उचित वातावरण बनाउँछ । त्यसको सुरक्षाको ग्यारेन्टी पनि सरकारले नै लिन्छ ।”

गैर आवसीय नेपालीहरुको छाता संगठन (एनआएनए) ले आयोजना गरेको कार्यक्रममा कार्कीले गैरआवसीय नेपालीहरुको लगानी सुरक्षणका लागि विभिन्न योजनाहरु बनाउने बताए । गैर आवासीय नेपालीहरुबाट सन्ततीको नागरिकता निरन्तरताको लागि माग उठ्ने गरेको र यो विषयलाई आफूले नेपाल सरकार समक्ष माग पुर्याइने बताए ।

एनआरएनए स्कटल्याण्डका सभापति काशिराम भण्डारीले गैर आवासीय नेपालीहरु लगानी गर्न तयार रहेको तर झन्झटिलो प्रक्रियाका कारण समस्या हुने गरेको बताउँदै भने,“सहज व्यवस्था गर्नसके विदेशमा रहेका नेपाली आफ्नै ठाउँमा गएर काम गर्न चाहन्छन् ।”

एनआरएनए युकेकी निर्वतमान उपाध्यक्ष रेजिना प्रधान राईले भूकम्प आउँदा अथवा बाढी पीडितलाई संस्थागत सहयोग गर्नेमात्र नभएर लगानीको वातावरण नै सिर्जना गर्न सकिने बताइन् । उलने भनिन्,“सरकारले सकारात्मक पहल गरे हामी लगानी गर्न तयार छौं ।” कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्की, स्कटल्याण्ड उपाध्यक्ष उज्वल कार्की, स्कटल्याण्ड राज्य समितिका संरक्षक भोला खनाललगायतले एनआरएनएले सामाजिक क्षेत्रमा गरेका कामको विषयमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

बुहानमा दुई महिनापछि लकडाउन खुल्यो

चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको बुहान शहरमा सोमबारदेखि सतर्कतासाथ मानिसको आवागमन शुरु भएको छ ।भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै बुहानमा झण्डै दुई महिनासम्म १ करोड १० लाख मानिस घरभित्रै बसेका थिए । स्थानीय सरकारले हुबे...

मध्य असारमा कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइ

विराटनगर । कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये १३.७१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम...

वुहान प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण मसँग छ : ट्रम्प

एजेन्सी, बैशाख १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमण रहेको...

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो । कोशी र मधेश प्रदेका...

सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित

डढेल्धुरा, २१ जेठ-सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका...

पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ । महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा...

एक घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँग जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक भने पछि सारेका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक एक घण्टा ढिला गरिएको छ...

स्ववियु निर्वाचन जेठ ३० मा

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्