सुरु भयाे कक्षा १२ काे परीक्षा

 न्यूज विराट
सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब ४ लाख १५ हजार परीक्षार्थी सहभागी रहेकाे जानकारी दिँदै बोर्डका अध्यक्ष शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिए ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । विगत २ वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेको छ ।

सम्बन्धित समाचार

न्यूरो र अटलको सहकार्यमा विराटनगरमा सुविधा सम्पन्न सिटी क्लिनीक संचालन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर – ९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो । उक्त क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी...

प्रदेश १ मा एमाले गठबन्धनमा बहुमत, को बन्ला मुख्यमन्त्री ?

विराटनगर । कांग्रेस नेतृत्वको पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै प्रदेश १ को राजनीति समीकरण फेरिएको छ । एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै प्रदेश १ मा सोही राजनीतिक दलको सुविधाजनक बहुमत रहेको छ ।अहिले नयाँ गठबन्धनका कारण...

विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...

अत्यावश्‍यक कामको लागि विस्तृत योजना ल्याउन राष्ट्र बैंकले निर्देशन

काठमाडौं २९ साउन-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्‍यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउनको निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार १ सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । समुदायस्तरमा कोभिड-१९ को...

सुनसरीको इनरुवामा गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका उमेश र ढिगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्