हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

 न्यूज विराट
हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

विराटनगर, १२ जेठ । उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश बण्डाको बिषयमा बादबिबाद भई झै-झगडा भएको र  रिशको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा  उनको घटनास्थलमानै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

बीपीमा तेह्रथुमका ३१ वर्षीय संक्रमित पुरुषको मृत्यु

विराटनगर, १९ असोज-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो...

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएर हटाउने प्रक्रियामा अघि बढ्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाएका छन् । विशेषगरी माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

चीनले अनुदानमा दिएकाे ४० हजार पीसीआर टेस्ट कीटसहितका सामग्री सरकारलाई हस्तान्तरण

काठमाडाैं, २९ वैशाख-काेराेना भाइरस नियन्त्रण तथा राेकथामका लागि सहयाेग स्वरूप चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त...

तस्करीको सामान समात्न इप्रका रानी सक्रिय, ११ दिनमा १४ लाख बढीको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा तस्करी भएर आउने सामान प्रहरीले धमाधम बरामद गर्दै आएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले ११ दिनमा १४ लाख बढीको चोरी तस्करी भएर आएको सामान बरामद गरेको छ ।...

पूर्वमन्त्री पण्डित दर्जनौँ कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किए

विराटनगर, फागुन २७–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित विभिन्न कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किएका छन् । गृह जिल्ला आएर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम भ्याएर उनी पूनः काठमाडौं फर्किएका हुन् । निर्वाचनमा जनतामाझ...

नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ-नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै उनले भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्