इँटाभट्टामा जिउँदै जलाउने घटनाका अभियुक्त पूर्वमन्त्री आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

 न्यूज विराट
इँटाभट्टामा जिउँदै जलाउने घटनाका अभियुक्त पूर्वमन्त्री आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बम तथा विस्फोटक पदार्थ प्रयोग गरेर मानिस मारेको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गराउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आलमलाई बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिन नमान्ने आदेश दिएको हो ।

रौटहटको राजपुरमा बम विष्फोटमा घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोपमा आलम २६ असोज ०७६ मा पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाएर मुद्दा सुनुवाइ गर्ने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलम उच्च अदालत गएका थिए । उच्चले जिल्लाकै आदेश सदर गरेपछि आलम असोज २०७७ मा थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै निवेदन लिएर सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले समेत उनको माग अस्वीकार गरेको छ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत ०६४ मा बम बनाइरहेको ठाउँमा विस्फोट हुँदा घाइते २२ जनालाई इँटाभट्टामा जलाएर मारेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, जाहेरी भने दुई जनाको मात्र परेको थियो । बम बनाउने क्रममा विस्फोट हुँदा त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र मोहम्द ओसी अख्तरको मृत्यु भएको थियो ।

चुनावमा बुथ क्याप्चर गर्ने उद्देश्यसहित आलमले बम बनाउन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरीले पक्राउ गर्दा आलमले ‘तह’ लगाइदिने भन्दै धम्की दिएका दिए । पक्राउपछि आलम समर्थकले रौतहट सदरमुकाम गौरमा दिनहुँ विरोध प्रदर्शन गरेका थिए भने जिल्ला अदालतका न्यायाधीशहरू पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएर काठमाडौं आएका थिए ।

सम्बन्धित समाचार

सस्तोमा सामान पाइने भन्दै फेक विज्ञापन गर्ने गिरोह सक्रिय, प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं, २३ असार-महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत् मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले...

क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता

काठमाडौं, ३० जेठ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड-१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

विराटनगरमा सात दिने पत्रकारिता तालिम सम्पन्न

विराटनगर, ३ चैत । सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्वन्धि सात दिने आधारभूत तालीम सोमबार विराटनगरमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौ र मोरङ शाखाद्वारा संयुक्त रुपमा सञ्चालित तालिममा मोरङ,...

भेरासेलको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो ।...

केयूको बिआईटी कार्यक्रम अब एस्पायर कलेजमा

विराटनगर । विराटनगर–१४ मा रहेको काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बिआईटी कार्यक्रम संचालनमा आउने भएको छ । काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम आयोजना गरी विश्वविद्यालय र एस्पायर...

खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर...

सानेपामा एक भारतीयको शंकास्पद मृत्यु, टाउकोमा चोट

ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । ललितपुर महानगरपालिका- २ सानेपामा शंकास्पद अवस्थामा शव फेला परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भारतीय नागरिक सत्यनारायण पारितको शव फेला परेको  लाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्