पश्चिमबंगाल विधानसभामा विधायकहरूबीच हानाहान

 न्यूज विराट
पश्चिमबंगाल विधानसभामा विधायकहरूबीच हानाहान

भारतको पश्चिमबंगाल विधानसभामा आइतबार विधायकबीच हात हालाहाल भएको छ । पश्चिमबंगालको बीरभूममा भएको हत्याकाण्डलाई लिएर विधानसभामा हात हालाहाल भएको हो ।

तृणमूल कांग्रेस र बीजेपी विधायकबीच भएको हानाहानमा तृणमूल कांग्रेसका विधायक असित मजूमदार घाइते भएका छन् । उनको एसएसकेएम अस्पतालमा उपचार भइरहेको छ ।

उनले विपक्षी नेता शुभेंदु अधिकारीको मुक्काले आफ्नो नाक भाँचिएको बताएका छन् । विधानसभामा हंगामा भइरहँदा मुख्यमन्त्री ममता बनर्जी भने दार्जीलिंगको भ्रमणमा छिन् । विधानसभामा हानाहानपछि नेताहरूबीच आरोपप्रत्यारोप चलेको छ । वरिष्ठ टीएमसी नेता फिरहाद हकीमले सदनमा भएको अशान्तिका लागि विपक्षी नेता शुभेंदु अधिकारी जिम्मेवार रहेको बताएका छन् । उनले अधिकारीले गुण्डागर्दी गरेको टिप्पणी गरेका छन् ।

भाजपा नेता शुभेंदु अधिकारीले सादा पोसाकका सुरक्षाकर्मी लगाएर भाजपा विधायकमाथि मारपिट गरिएको आरोप लगाएका छन् । सोमबार बजेट अधिवेशनको अन्तिम दिन भाजपा विधायकले सुरुदेखि नै हंगामा गरेका थिए । त्यसपछि सत्तारुढ दलका विधायक र भाजपा विधायकबीच हानाहान भएको हो ।

सम्बन्धित समाचार

कोरोनाबाट निको हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं, १३ वैशाख-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ८ लाख नाघेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिस रहेका छन् । त्यहाँ ९ लाख २५ हजार...

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

भारत-चीनको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन भएकी छिन् । उनी वर्ष २०२२–२३ का लागि अध्यक्षमा चयन भएकी हुन् । महिलाहरुलाई संगठित गरेर विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै...

विद्यालय खेलकुद संघ मोरङमा गठन, अध्यक्षमा सितला सुब्बा

विराटनगर । नेपाल विद्यालय खेलकुद संघ मोरङ गठन भएको छ । विराटनगरमा आइतबार भएको भेलाले नेपाल विद्यालय खेलकुद संघ गठन भएको हो । संघको अध्यक्षमा सितला सुब्बा रहेकी छिन् । उनी प्याब्सन मोरङको निर्वतमान अध्यक्ष...

विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त

विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...

काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्