बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

 न्यूज विराट
बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे ।

ना ४ ख ६२४८ नम्बरको बस बाराबाट इलाम आएको थियो । बसमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनास्थल इलामको तीनघरे नजिक प्रहरी पुग्दा बसको एउटा चक्का नालीमा परेको भेटिएको इलाम प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अनियन्त्रित भएर बस कल्भर्टमा ठाेक्किएकाे थियाे । बस अनियन्त्रित रहेकै अवस्थामा झ्यालबाट हाम फालेका बारा सिम्राहगण नगरपालिका–७ का ३५ वर्षीय प्रदीप कुसुवाहकाे साेही बसले च्यापिएर मृत्यु भएकाे एसपी श्रेष्ठले जानकारी दिए ।

उनीसँगै झ्यालबाट हाम फालेका ध्रुब कुसुवाह घाइते छन् । खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेका उनको झापाको बिर्तामोडस्थित बि.एन्ड.सी अस्पतालमा उपचार भइरहेको छ । बसमा रहेका अन्य यात्रु भने सकुशल छन् । दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चोरीमा संग्लग्न ३ जना पक्राउ

विराटनगर, १० फागुन । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका-‍ ९ का २१ बर्षीय रोहित भण्डारी...

प्रदेश १ मा घट्यो संक्रमण दर, आज ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असार-नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज साँझ विश्वासको मत लिँदै

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका...

एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव

विराटनगर, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ । झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको  बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको मृत भेटिएका हुन्...

कटहरीमा सांस्कृतिक नृत्य प्रतियोगिता

विराटनगर । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय नाघ्यो

विराटनगर, ३२ साउन–विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ४३ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिए । उनका अनुसार थपिएका संक्रमितहरु ५ देखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्