
स्काउट क्याप उद्घाटन
विराटनगर। विनायक बोर्डिङ सेकेण्डरी स्कुलको विनायक स्काउट ट्रुपद्वारा आयोजित स्काउट एक रात दुई दिनको क्याम्प २०८१ को आज उद्घाटन भएको छ। स्काउटिङ मार्फत शान्ति र एकता भन्ने मूल नाराका साथ आयोजित यस क्याम्पको उद्घाटन प्रमुख...
विराटनगर, ५ फागुन । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आगलागीबाट पीडीत परिवारलाई युवा संघ रतुवामाई नगर कमिटीले सहयोग गरेको छ ।
मंगलबार राति साढे सात बजेतिर स्थानीय नुर महम्मदको घरमा आगलागी भएको थियो । आगलागीबाट पीडीत परिवारलाई युवा संघ रतुवामाईले खाद्यान्न, लत्ताकपडासहित राहत वितरण गरेको हो ।
नुर महम्मदको घरमा आगलागी हुँदा घरमा भएको सम्पूर्ण खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको थियो । घटनाको जानकारी पाएलगत्तै युवां संघले पीडीत परिवारका लागि सहयोग जुटाउने अभियान सुरु गरेको थियो ।
पीडीत परिवारलाई सहयोग जुटाउन युवां संघ रतुवामाई नगर कमिटी अध्यक्ष राम कार्की (आदेश) ले मोरङ इन्चार्ज नवीन पौडेल र संयोजक मनोज राईलाई घटनाबारे जानकारी गराउँदै सहयोगको अपिल गरेका थिए ।
उनीहरुको समन्वयमा जिल्लाका १७ वटै पालिका कमिटीबाट सहयोग संकलन गरि पीडीत परिवारलाई खाद्यान्न, लत्ताकपडासहित विभिन्न राहत सामाग्री वितरण गरिएको युवा संघ रतुवामाई नगर कमिटी अध्यक्ष कार्कीले जानकारी दिए ।
पीडीत परिवारलाई राहतस्वरुप एक महिना पुग्ने चामल, दाल, नुन, तेल, सोयाबिन, माक्स, साबुन, सरफ, सिरक, ढसना, तन्ना, सुइटर, टुथपेस्ट, ब्रसलगायतका सामाग्री वितरण गरिएको अध्यक्ष कार्कीले बताए ।
समस्याबारे बुझ्न पीडीत परिवारको घर पुगेका नेकपा (एमाले) मोरङका जिल्ला कमिटी सदस्य दुर्गा विष्टले जुनसुकै समयमा पनि एमाले र सो पार्टीका सवै जनसंगठनहरु देश र जनताको पक्षमा रहेको बताउँदै जनताको पीडामा मल्हम लगाउन सँधै तत्पर रहेको बताए ।
विराटनगर। विनायक बोर्डिङ सेकेण्डरी स्कुलको विनायक स्काउट ट्रुपद्वारा आयोजित स्काउट एक रात दुई दिनको क्याम्प २०८१ को आज उद्घाटन भएको छ। स्काउटिङ मार्फत शान्ति र एकता भन्ने मूल नाराका साथ आयोजित यस क्याम्पको उद्घाटन प्रमुख...
काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला बढी मूल्य लिएर सामान बेचेको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका...
जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...
विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ । एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको...
विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो...
कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको...
विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.