एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

 न्यूज विराट
एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनःमिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताए । उपत्यकाको पूर्वी भेगस्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण १२५ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ ।

महिला १०६ र पुरुष १९ गरी १२५ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

झापामै रोकिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १ जेठ-झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ । लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार)  बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका...

कटहरीमा कोभिड–१९ सम्बन्धी अभिमुखिकरण

विराटनगर, असार २३–मोरङको कटहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत विराटनगर न्युज मिडिया गु्रप...

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा मोरङ र झापा विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल...

उत्कृष्ट विद्यार्थीलाई अर्किड कलेजको सम्मान (फोटो फिचर)

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो...

तिहारमा पूर्वसावधानी पालना गर्न झनै जरुरी : राष्ट्रपति

काठमाडौं, १ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । दीपावलीका असरमा सोमबार शुभकामना सन्देश जारी गर्दै...

तिब्बत सरकारबाट सात करोड भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

विराटनगर, जेठ २०–कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणमा तिब्बत सरकारबाट सहयोगमा स्वास्थ्य सामग्री आज यहाँ प्राप्त भएको छ । सो सामग्री चीन नेपाल कार्यकारी परिषद् प्रदेश नं.१ का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई एक...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्