विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा

 न्यूज विराट
विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो व्यवस्था लागू गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट बढीमा पाँच लाखसम्म कर्जा दिन पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थामा रहेको तलबी, पेशागत वा व्यावसासिक खाता भएका ग्राहकले मात्र सो सेवा पाउँनेछन् ।

सो कर्जा प्रदान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूले बेग्लै वेबसाइट (पोर्टल) बनाएर सोही माध्यमबाट निवेदनलगायत आवश्यक कागजपत्र लिनुपर्नेछ ।

कर्जा स्वीकृत भए नभएको जानकारी पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई डिजिटल माध्यमबाट नै दिनुपर्नेछ । डिजिटल माध्यमबाट लिइएको कर्जा बढीमा तीन वर्षभित्र तिरी सक्नुपर्नेछ । सो कर्जा एकैपटक वा किस्ताबन्दी रुपमा तिर्न पाइने सुविधा राखिएको छ ।

सम्बन्धित समाचार

थप ९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, जेठ ८–नेपालमा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण परीणाम अनुसार थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । योसँगै नेपालमा...

मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य

विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ...

२४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ डिस्चार्ज

काठमाडौं, ३१ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

आगामी आर्थिक वर्षको सुरुबाटै क्लिनफिड लागू गर्न माग

काठमाडौं, २८ असार-नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिनफिड साउनबाट नै लागू गर्न ध्यानाकर्षण गराएको...

विराट गोल्डकप चैत १४ गतेबाट सुरू, तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागि हुने

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...

‘कोभिसिल्ड’ खोप किन्‍न बाधा अड्काउ फुकाउन आदेश जारी

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ २० लाख मात्रा किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गत १५ माघ, २९ माघ र यही ४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक...

नेकपा पुनः एकीकरणमा जुट्न वामदेवको अपिल (पूर्णपाठ)

काठमाडौं, २५ पुस-नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र प्रचण्ड-नेपाल समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी...

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्