काठमाडौं, १८ माघ । निर्वाचन आयोग र सरकारबीच ४ जेठमा स्थानीय तहकाे निर्वाचन गर्ने समझदारी बनेको छ । बालुवाटारमा मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा यो समझादरी बनेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
‘निर्वाचन आयोग र प्रधानमन्त्रीबीचको छलफलले ४ जेठमा निर्वाचन गर्ने समझदारी बनेको छ । आयोगले प्रधानमन्त्रीसँग बजेटको समेत माग गरेको छ’, थपलियाले भने ।
स्थानीय निर्वाचन ऐन अनुसार नै चुनाव गर्न आयोगले सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको थियो । मंगलबारको छलफलले त्यही मितिमा निर्वाचन गर्ने समझदारी बनाएको हो ।