संघीय सरकारसँग ८ अर्ब १५ करोड बजेट माग गर्ने प्रदेश मन्त्रीपरिषदको निर्णय

 न्यूज विराट
संघीय सरकारसँग ८ अर्ब १५ करोड बजेट माग गर्ने प्रदेश मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ माघ । प्रदेश १ सरकारले प्रदेश राजधानीभित्रका प्रशासनिक संरचनाका लागि जग्गा खोज्न  कार्यदल गनठ गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्त्वमा कार्यदल गठन गरेको हो ।

मोरङको विराटनगर महानगरपालिकाका मेयर, कटहरी गाउँपालिका, ग्रामथान, बुढीगंगा गउँपालिकाका अध्यक्ष, शुन्दर हरैँचा नगरपालिकाका मेयर, सुनसरीको दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिकाका मेयर र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शासकीय सुधार मामिला हेर्ने सचिव सदस्य सचिव रहनेगरी कार्यदल गठन गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।

प्रदेशका प्रशासनिक संरचना सुनसरी र मोरङमा छरिएर रहने गरी स्थायी राजधानी बनाइएको थियो । सोही बमोजिम प्रशासनिक संरचनाका लागि जग्गा खोज्ने कार्यदल गठन गरिएको जनाइएको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश ऐन संशोधन गर्ने विधेयक २०७७ लाई प्रदेशसभाबाट फिर्ता लिने निर्णय गरेको छ ।

अघिल्लो सरकारले बजेट बनाउँदा एकमुष्ट रकमहरू साउन मसान्तसम्म मन्त्रालयहरूले र असोज मसान्तसम्ममा आर्थिक मामिला तथा योजना मन्त्रालयले बिनियोजन गरिसक्ने भन्ने रहेको र असोज समान्तपछिको हकमा के गर्ने भन्ने प्रावधान नखुलेका कारणले त्यसलाई बाधा अड्काउ फुकाएर असोज पछाडि पनि सम्बन्धित मन्त्रालयले प्रस्ताव गरेमा आर्थिक मामिला मन्त्रालयले एकमुष्ट रकम विभाजन गरेर प्रविष्ट गर्ने निर्णय भएको मन्त्री आङ्बोले जानकारी दिए ।

त्यस्तै बैठकले चालु आर्थिक वर्ष २०७८/०७९ मा सडक पुल, शहरी विकास, खानेपानी र सिँचाइलगायत संघीय सरकारले हस्तान्तरण गरेका आयोजनाका लागि ८ अर्ब १५ करोड रुपैयाँ माग गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आन्तरिक मामिला तचथा कानुन मन्त्रालयको प्रदेश विपद् व्यवस्थापन नीति २०७८ पास गर्ने निर्णय गरेको छ ।

प्रदेश १ को नामाकरणका सन्दर्भमा संसदभित्रका राजनीतिक दलहरू तथा सरोकारवाला जनप्रतिनिधिहरूसँग समन्वय र सहजीकरण गर्नका लागि सरकारका तर्फबाट जयराम यादवलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको मन्त्री आङ्बोले बताए ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा...

सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

विराटनगर, १७ भदौ–सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । स्वास्थ्य...

मन्त्री कार्कीद्वारा उदयपुरको सुरक्षाबारे ‘ब्रिफिङ’

उदयपुर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसङ जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिनुभएको छ । मङगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

इप्रका रानीद्धारा तीन क्विन्टल गाँजा नष्ट

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा...

मन्दिर पुनः निमार्णको लागि विराटनगरमा महायज्ञ

विराटनगर । विराटनगर – १६ रानीको सलाइमिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि...

कोशी प्रदेशका मुख्यमन्त्री पहिचावादीको अवरोधले भेडेटार जान सकेनन्

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्। भेडेटारको...

भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्